इन्धन संकटको सामना गर्न नौलो अभियान : फेसबुकबाटै लिफ्ट दिन/लिन हजारौँ तयार












काठमाडौँ : ‘कसैलाई पेट्रोल चाहिन्छ भने मसित सम्पर्क गर्नुस्, १६५ रुपैयाँ प्रति लिटर,’ अख्तर अलिले यस्तो स्टायटस फेसबुकमा पोस्ट गरेको केही समयमै प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गर्‍यो।

 तर फेसबुकमा नकारात्मकतामात्रै छैन, सकारात्मक कुरा पनि छ। यही साता सुरु गरिएको एउटा फेसबुके अभियानलाई प्रयोगकर्ताहरुले खुलेरै प्रशंसा गरेका छन्।

 ********************

 अहिले पेट्रोलियम पदार्थको हाहाकार छ। इन्धन संकट चुलिएपछि बिहीबारदेखि सरकारले निजी सवारी साधनहरुलाई पेट्रोलियम पदार्थ दिनै छाडिसकेको छ। साताको सुरुमै जोर बिजोर प्रणाली लागू भएपछि राजधानीवासीले गन्तव्य पुग्न कठिनाई बेहोर्दै आएका छन्।

 निकै कम मात्रामा सवारी साधन चलेपछि हिँडेरै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। सार्वजनिक सवारी साधनले छतमा यात्रु राखेर जोखिमपूर्ण रुपमा सवारी सञ्चालन गर्न थालिसकेका छन्। तर थोरै मात्रामा भए पनि निजी सवारी साधन (मोटरसाइकल र कारहरु) सडकमा चलेका छन् जसमा एक जना अथवा दुई जना मात्र हुने गर्छन्।

 *******************
 सुमना श्रेष्ठ ट्याक्सी र सार्वजनिक सवारी साधन नपाएपछि बाटोमा हिँड्दै थिइन्। तर एक्कासी उनको खुट्टामा समस्या भयो। उनी हिँड्नै नसक्ने भइन्। सवारी साधन पाउने अवस्था नदेखेपछि उनले लिफ्ट माग्नुपर्ने आवश्यकता देखिन्।

 ‘मैले बाटोमा देखेँ, कोही आफ्नै बाइकमा, कोही कारमा एक्लै हिडिँराखेका छन्। त्यसपछि मैले सोचेँ लिफ्ट मागौँ। अवश्य नै मैले यसमा सुरक्षाको समस्या त हुन्छ भन्ने बुझेँ तर समस्या परेपछि समाधान त निकाल्नै पर्छ’, श्रेष्ठले पहिलोपोस्टसित भनिन्।

 आफैँले भोगेको समस्याबाट उनले सयौँका लागि समाधान निकालिन्। आइडिया थियो – कारपुल काठमाडौँ। एउटा फेसबुक ग्रुप।

 ‘मलाई मात्र यस्तो समस्या थिएन, धेरैको समस्या थियो, मैले सोचेँ किन एउटा यस्तो कम्युनिटी नबनाउने! म जस्तो धेरै मानिस हिँडिराखेका छन्। खुट्टामा थुप्रै समस्या उत्पन्न भएको होला त्यो प्रब्लम पनि सल्भ हुन्छ, अनि म गएर एउटा क्याफेमा बसेँ र एउटा सामाजिक कम्युनिटी बनाए – कारपुल।

 कारपुलको फेसबुक ग्रुप छिट्टै भाइरल भयो। अहिले साढे १८ हजार भन्दा धेरै यसमा जोडिएका छन्। तीन दिनमै समुदाय जुटेको देखेर सुमना मख्ख छिन्। सुरुमा ग्रुप बनाउँदा धेरै मान्छेले लिफ्ट माग्छन् र थोरै मान्छेले मात्रै लिफ्ट दिन्छन् भन्ने सोचेको उनले बताइन्।

 ‘जब मैले यो प्लेटफर्म बनाएँ, लिफ्ट माग्ने मात्र हुन्छन्। ‘अफर’ हुदैँन भन्ने सोचेँ। आइ वाज कम्पलिटली रङ, सो रङ’, अमेरिका पढेर काठमाडौँ फर्किएकी उनले अंग्रेजी लवजमा भनिन् ‘अहिले पोस्ट हेर्‍यो भने आधा अफर र आधा आस्क छ’।

 कारपुलको फेसबुक पेजबाट कसैलाई लिफ्ट दिनुपर्‍यो भने ह्यासट्याग अफर र माग्नु पर्‍यो भने ह्यासट्याग आस्क गर्ने नियम बनाइएको छ। सुमनाले बनाएको प्लेटफर्ममा सहयोग गर्नेहरु थपिए। उनीहरुले नै ह्यासट्याग राख्नेबारेको नियम बनाउन सहयोग गरे।
 
कारपुल कस्तो हुँदैछ?
कारपुल काठमाडौँका सुरुवातका पोस्टहरुमा कतिपयले केटी र महिलालाई मात्र लिफ्ट दिने लेखे। नेपाली समाज सङ्कीर्ण खालको छ।

 ‘चिन्दै नचिनेको मान्छेले अफर गर्दा सेक्युरिटी रिस्क त हुन्छ नै। तर धेरै मान्छेले वुमनलाइ मात्र अफर गर्छु भन्नुभयो। अनि धेरै गुनासोहरु आए केटाहरुले किन नपाउने भनेर’, श्रेष्ठले भनिन् – ‘मैले अनि सेफ कम्युनिटी बनाउँ भनेँ, यदि कसैले महिलालाई मात्र लिफ्ट दिन्छ भने ठिकै छ भनेँ। कम्तिमा महिलाको समस्या सल्भ हुन्छ। बरु सुरक्षित पो हुनुपर्‍यो’। 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment