१ सय ६० ट्रक आउँदा पेट्रोलको जम्मा एउटा ट्यांकर


आश्विन १५, २०७२- दिउँसो १२ बजेदेखि पेट्रोलियम पदार्थ नेपाल पठाउने प्रतिबद्धता जनाएको सुनौलीस्थित भारतीय भन्सारले साँझ ६ बजे जम्मा एउटा पेट्रोल ट्यांकर छोडेको छ । भारतीय भन्सारले आज दिउसो १५ ट्यांकर पेट्रोल र ५ बुलेट ग्यास पठाउने बताएको थियो ।

आज दिनभरि आलु प्याज, तरकारी, फलफूल, गाडी, साइकल र मोटरसाइकलका पार्टस्, टायल मार्वलका १ सय ६० वटा मालबाहक ट्रक भने यो नाकाबाट नेपाल भित्रिए ।

भैहरवा भन्सार प्रमुख लावण्य ढकालका अनुसार पठाउने भनेपनि दिनभरि अनेक बहानामा इन्धन पठाइएन । उनका अनुसार पेट्रोल, डिजेल र मट्टितेलका १–१ ट्यांकर तथा ग्यासका २ वटा बुलेटमात्रै नेपाल भित्रिएका छन् ।ekantipur
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment