भारतले सहयोग नगरे हामी हार्छौं : महतो 'मधेसले हार्नु भनेको भारतले हार्नु हो'


रक्सौल (भारत) । मध्यरात कटिसक्यो, तर रक्सौल जागै छ । नेपालतर्फको सडक अवरुद्ध गरिएको छ, तर यो भिड महेशकुमार अग्रवालको घर अगाडि जम्मा भएको किन होला ?

यहाँ बनाइएको रहेछ एउटा क्यान्टिन, जो आन्दोलनकारीलाई खाना खुवाउनका निम्ति रातभर जाग्छ । महिमा एक्सपोर्ट्सका सञ्चालक अग्रवाल यस सीमा शहरका एक चिरपरिचित व्यापारी हुन् । साथसाथै भारतीय जनता पार्टीका कार्यकर्ता पनि ।

उनको घरको खुल्ला गेटमा बलिरहेको बिजुलीको चमक मुनि नेपालमा नयाँ संविधानविरुद्ध जारी आन्दोलनलाई बिहारको चुनावमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे विवेचना भइरहेको छ ।

‘म यो मानवीय शिविरको रेखदेख गर्दैछु जहाँको हाम्रा मधेसी दाजूभाइहरुलाई भात खुवाउने गरिन्छ,’ अग्रवाल भन्छन्, ‘उहाँहरु बहुतै राम्रा मागहरु लिएर धर्नामा बसिरहनुभएको छ । उहाँहरुलाई हामीले सहयोग नगरे कसले गर्छ ?’ अग्रवाललाई भन्छन् ।

आफूहरुले प्रत्येक दिन औसत ६ हजार देखि ७ हजार आन्दोलनकारीलाई भात खुवाउने गरेको उनी बताउँछन् ।

अग्रवालको भनाइमा नेपालका आन्दोलनकारीसित उनीहरुको ‘रोटीबेटीको सम्वन्ध’ छ । उनलाई यो पनि थाहा छ, नेपालको आन्दोलनलाई साथ दिन सके बिहारको आगामी चुनावमा कसरी प्रभाव जमाउन सकिन्छ ।

‘यदि विजेपी सरकारले गलत कदम चाल्यो भने यसले चुनावमा पार्टीलाई असर गर्न सक्छ । तर, सही कदम चालेको खण्डमा फाइदा लिन पनि सकिन्छ । बोर्डरबाट ५० कलोमिटर वारपार रहेका जनताबीच व्यापारको मात्रै सम्वन्ध छैन, रगतको सम्वन्ध पनि छ,’ अग्रवाल भन्छन्, ‘बिहारका ४० प्रतिशत मतदाता मधेसी समुदायका छन् । त्यसैले केन्द्रीय सरकारले यो विषयलाई कसरी ह्याण्डल गर्छ भन्ने महत्वपूर्ण छ ।’


गुप्ताले भने, ‘यदि भारतीय सरकार लत्रियो र मधेसी दाजुभाइहरुलाई दबाव पर्‍यो भने हामी पनि सडकमा निस्कनेछौं । हामी नहरको पुल तोड्नेछौं, उनीहरुले के सक्छन्, गरुन् ।’

अहिलेसम्म भारतले कठोर अडान लिएर आन्दोलनकारीलाई संरक्षण दिएकोमा अग्रवालले आफ्नो भारत सरकारलाई धन्यवाद दिए । अग्रवाल अझै अगाडि बढेर भन्छन्, ‘नेपालमा पहाडीहरुलाई ठेगानमा राखेर मधेसीहरुलाई अगाडि बढाउनैपर्छ । उनीहरु सधैं चाइनाको नाम लिएर हामीलाई ब्ल्याकमेलिङ गर्छन् । हामी पनि हेरौं न, कसरी लिन्छन् चाइनाको सहयोग । ६७ प्रतिशतभन्दा बढी नेपालको व्यापार हाम्रै बोर्डरबाट हुन्छ । ८० प्रतिशत पेट्रोलियम पदार्थ पनि हामीले नै दिन्छौं । हाम्रो सरकारले गरेको नाकाबन्दीले उनीहरुको हैसियत उजागर गरेको छ ।’

यस क्षेत्रका बीजेपीका नेता तथा सांसद सञ्जय जैसवाल र विधायक डा. अजयकुमार सिंहले भने प्रत्यक्षरुपमा आन्दोलनमा भाग लिएका छैनन् । ‘कुटनीतिक कारणले आफूहरु धर्नामा बस्न नसक्ने’ उनीहरु बताउँछन् ।

भारतले सहयोग नगरे हामी हार्छौं : महतो

गत बुधबार अग्रवालको क्यान्टिनमा एक विशेष व्यक्ति खाना खाँदै थिए, नाकाबन्दीमा संलग्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ।

‘भारत जे ठीक भन्छ, मधेसीका लागि त्यही ठीक हो,’ महतोले भने, ‘नेपाली बोल्ने पहाडी मानिसहरुको राष्ट्रियता भनेको भारतको विरोध गर्नु मात्रै हो । हामी मधेसीले मात्रै नेपालमा भारतविरोधी क्रियाकलापलाई कमजोर पार्न सक्छौं ।’

आन्दोलनलाई संकेत गर्दै उनी भन्छन्, यो भारतीयहरुको धर्ना होइन, यो हाम्रो धर्ना हो.. उनीहरुले हाम्रो मागहरु पूरा गरेर संविधान संसोधन गरे भने नाकाबन्दी एक सेकेन्डमै हट्छ ।’

महतोले मधेसको आन्दोलनलाई १६ सेप्टेम्बरदेखि भारतले साथ र सहयोग दिएकोमा आभार व्यक्त गरे । उनले भने, ‘यदि भारतको सहयोग घट्यो र अडान कमजोर भयो भने मधेसी आन्दोलन असफल हुन्छ र हाम्रो जीवन दासको जस्तो हुन्छ । मधेस आन्दोलन असफल हुनु भनेको भारत असफल हुनु हो ।’

‘नेपालीहरु मधेसीलाई दास बनाउन चाहन्छन्,’ रक्सौलको नागा रोडमा बस्ने सुरेशकुमार गुप्ता भन्छन्, ‘यदि भारत सरकारले हाम्रा मधेसी दाजुभाइ-दिदीबहिनीको साथ छोड्यो भने हामी सबै नेपालमा आन्दोलन गर्न जान्छौं ।’ गुप्ताले यसो भन्दा वरिपरि बसेर सुनिरहेका सबैले सहमतिस्वरुप टाउको हल्लाए ।

भारतीय नागरिक गुप्ताकी श्रीमती वीरगञ्जबाट १५ किलोमिटर टाढा रहेको डाकेला भवेरी (नेपाल) की हुन् भने बहिनीलाई पनि बीरगञ्जमै बिहे गरेर दिएका छन् । गुप्ताले भने, ‘यदि भारतीय सरकार लत्रियो र मधेसी दाजुभाइहरुलाई दबाव पर्‍यो भने हामी पनि सडकमा निस्कनेछौं । हामी नहरको पुल तोड्नेछौं, उनीहरुले के सक्छन्, गरुन् ।’

बाहिर गल्लीमा केही मानिसहरुको समुह जय मधेसको नारा लगाउदै पुलतिर कुद्यो । यहाँ देखिएका अनुहारहरु यति अन्तरघुलित छन् कि को मधेसी हुन् र को भारतीय सहजै छुट्याउन सकिँदैन । छुट्याउन सकिने एक मात्र चिज यहाँ छ, मोटरसाइकलको नम्बर प्लेटको रंग : जुन नेपालीका लागि रातो छ ।

(भारतीय पत्रिका दी इण्डियन एक्सप्रेसमा प्रकाशित फिचरको अनुदित सारांश)

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment