भारतबाहेक अन्य मुलुकबाट तेल आयात गर्नको लागि सरकारले हालसम्म कुनै निर्णय गरेको छैन।

 चीन र बंगलादेशबाट इन्धन ल्याउन असम्भव
भारतबाहेक अन्य मुलुकबाट तेल आयात गर्नको लागि सरकारले हालसम्म कुनै निर्णय गरेको छैन। अहिले भारतबाहेक अन्य देशबाट तेल आयात गर्नको लागि नेपाल आयल निगमले सरकारको नीतिगत निर्णय कुरिरहेको छ।
सरकारले भारतबाहेक अन्य देशबाट तेल आयात गर्ने कुनै निर्णय नगरेका कारण आयल निगमले कुन देशबाट तेल आयात गर्ने भन्ने बारेमा पनि हालसम्म कुनै टुङ्गो लगाउन सकेको छैन
।  आयल निगमका प्रवक्ता दिपक बरालले भने ‘भारतबाहेक अन्य मुलुकबाट तेल आयात गर्नको लागि नीतिगत निर्णय हालसम्म भएको छैन, निर्णय भएपछि देश छनौट हुनेछ । ’बंगलादेश र चीनबाट तेल आयात गर्ने चर्चा चल्ने गरेको भएपनि हालसम्म यी देशबाट  के कसरी तेल आयात गर्ने भन्ने बारेमा अझै टुङ्गो लाग्न सकेको छैन।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७१-०७२ मा भारतबाट नेपालले ४ खर्ब ९१ अर्ब ६५ करोड ५९ लाख बराबरको सामान आयात गरेको छ।  यसमध्ये गत आर्थिक वर्ष २०७१-०७२ मा १ खर्ब १० अर्ब ५ करोड ७८ लाख बराबरको पेट्रोलियम पदार्थ नै आयात गरेको थियो।
भारतसँग नेपालले खरिद गर्ने मुख्य वस्तुहरुमध्ये पेट्रोलियम पदार्थ मुख्य हो। यसका लागि नै राष्ट्रले बार्षिक खर्ब भन्दा माथिको रकम खर्चनु परेको छ। नेपालले भारतबाट  स्थलगत मार्ग हुदै ट्यांकरबाट तेल आयात गर्ने गरेको छ।
देशको अर्थतन्त्रलाई नियाल्ने हो भने गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा ८.७ प्रतिशतले वृद्धि भई  ६ सय १२ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको  वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २८.६ प्रतिशतले बढेको  नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ।
नेपालको ब्यापार घाटा प्रत्येक बर्ष बृद्धि हुने क्रममा रहेको छ। जसको प्रमुख कारण देशबाट निर्यात कम र आयात बढी हुनु हो। यसमध्ये देशले प्रमुख रुपमा तेल नै आयात गर्छ।
तेलको आयात बापत खर्च हुने रकम प्रत्येक वर्ष वृद्धि हुने गरेको भएपनि गत आर्थिक वर्ष २०७१-०७२ मा भने अन्र्तराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको कमीका कारण तेल खरिद गरेबापत हुने खर्चमा केहि कमी आएको थियो।
गत आर्थिक वर्ष २०७१-०७२ मा १ खर्ब १० अर्ब ५ करोड ७८ लाख बराबरको पेट्रोलियम पदार्थको आयात गरेको  थियो भने अघिल्लो आर्थिक वर्ष २०७०-०७१ मा नेपालले १ खर्ब ३१ अर्ब ७३ करोड ६५ लाख बराबरको पेट्रोलियम पदार्थको आयात गरेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ तेल आयातको लागि खर्च हुने रकममा आर्थिक वर्ष २०७०-०७१ को तुलनामा आर्थिक वर्ष २०७१-०७२ मा १६ दशमलव ५ प्रतिशतले कमी आएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा गिरावट आएका कारण तेलबापत खर्च हुने रकममा समेत कमी आएको  हो।
तर कुल कुल वस्तु व्यापार घाटा भने आर्थिक वर्ष २०७१-०७२ मा भारतसंग २.५ प्रतिशतले वद्धि भएको  छ। चीनबाट तेल ल्याउने अहिले चर्चा चलिरहेको छ। गत आर्थिक वर्ष २०७१-०७२ मा
चीनसंगको ब्यापार घाटा ४२.८ प्रतिशतले बृद्धि भएको थियो। चीनबाट तेल आयात गरेमा यो झनै बढेर जानेछ। अन्य मुलुकहरुको बर्गमा पर्ने बंगलादेशबाट पनि अहिले तेल आयात गर्ने चर्चा चलिरहेको छ। अन्य मुलुकसंगको ब्यापार घाटा गत आर्थिक वर्षमा १० प्रतिशतले बढेको थियो ।

चीनबाट तेल आयात गर्ने चर्चा चलेपनि हालसम्म कुनै नीतिगत निर्णय भने भएको छैन। निर्णय भइहालेमा पनि चीनबाट तेल आयात गर्नु त्यति सहज  नभएको आयल निगमका  अधिकारीहरु बताउँछन्।
नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने गाडीहरु भारतमा बनेका गाडीहरु  हुन्। नेपालमा अन्य प्रयोजनका लागि प्रयोग हुने ट्यांकरहरु समेत अधिकांश भारतीय कम्पनीहरु मा नै बन्ने गरेको देखिन्छ। जसका पार्टपुर्जाहरु चीनमा पाउन सम्भव छैन।

चीन  र नेपालको बिच बाटोमा रहेको तिब्बतीय क्षेत्रमा रहेका अटोमोबाइल्समा नेपालमा रहेका ट्यांकरका पार्टपुर्जा पाइदैनन्। जसले गर्दा बिचमै ट्यांकर बिग्रिए के गर्ने भन्ने पनि ठूलो समस्या रहेको छ । नेपाल र चीनकोबीचमा अटोमोबायल्स सेन्टरको समेत वछ।

मुलुकको तुलनामा चीनमा पेट्रोलियम पदार्थको मूल्य पनि केही महङ्गो छ। चीनमा एक लिटर डिजेलको खुद्रा मूल्य अहिले लगभग ८७ सेन्ट अमेरिकी डलर तोकिएको छ जुन नेपाली ९२ रुपैयाँ बराबर हो। यसरी चीनबाट डिजेल खरिद गर्दा पनि एक लिटरमै ११ रुपैयाँ बढी तिर्नु पर्छ।  त्यसमा थप ढुवानी खर्च जोडेपछि नेपालमा तेल उपलब्ध हुने वास्तविक मूल्य निस्कन्छ।

तर आयल निगम भने चीनबाट तेल आयात भएमा घाटा सहेरै भएपनि अहिले कायम भएकै मूल्यमा तेल बिक्री गर्ने सोचमा रहेको प्रवक्ता बराल बताउँछन्। ‘अहिले पनि हामी घाटा खाएरै पेट्रोलियम पदार्थको बिक्री गरेका छौ भने अब अन्य देशबाट आएपनि घाटा खाएरै तेल बिक्री गर्छाै, तर यो कती समयसम्म सम्भव छ भन्ने मात्रै यहा सोच्नुपर्ने बिषय हो। ’



तत्काल चीनबाट तेल आयात भएमा पनि पेट्रोलियम पदार्थको छेलोखेलो हुने गरी उपलब्धता हुन सक्दैन। अन्य मुलुकबाट तेल आयात भएमा अत्यावश्यकिय सेवाका लागि  प्राथकिकता दिने बराल बताउँछन्।

अहिलेसम्म नेपालले पेट्रोलियम पदार्थ आयात गर्नको लागि भारतसँग मात्रै निर्भर  रहने गरेको छ। हालसम्म अन्य मुुलुकबाट तेल आयात नगरेका कारण पनि  यो चुनौतिपुर्ण समेत देखिन्छ।

बिगतमा चीनबाट केहि मात्रा मात्रै भएपनि तेल आयात गरेको भए अहिले केहि सहज हुने निगमका  बरिष्ठ अधिकारीहरु बताउँछन्। पेट्रोलियम पदार्थ आयातको लागि पाइपलाइन बिस्तार, सडक बिस्तार जस्ता बिषयमा हालसम्म नेपालले कुनै कदम नै अघि बढाउन सकेको छैन।



त्यस्तै चीनको नाका हुदै अन्य देशबाट तेल आयात गर्न पनि संभव देखिदैन। अहिले चर्चामा  रहेको तेस्रो मुलुकतर्फको देश बंगलादेशबाट पनि तेल आयात सहज र सस्तो छैन। भारतले आफ्ना नाकाबाट तेलको निर्यातमा प्रतिबन्ध लगाएपछि देशमा तेलको अभाव भएको छ। भारतले अहिले आफ्नो भुमी प्रयोग गरी बंगलादेशलाई  नेपालमा तेल निर्यात गर्न दिन समेत असंभव देखिन्छ।



अहिले बंगलादेशबाट तेल आयात गर्नको लागि बिकल्प भनेको हवाइजहाज मार्फत ल्याउने हो।  भारतबाट स्थलमार्ग प्रयोग गरी देशमा तेल आयात गर्दा ब्यापार घाटा चुलिएको छ भने हवाइजहाजबाट तेल आयात गर्दा देशको अर्थतन्त्रल नै धान्ने स्थिति छैन।

अत्यावश्यकीय वस्तु तथा सेवा सञ्चालनको लागि अन्य देशबाट तेल आयात गर्न संभव छ  तर यो महंगो पर्न जान्छ। हवाइजहाजबाट देशमा तेल आयात गरि लामो समयसम्म तेल बितरण गर्न असंभव रहेको अर्थबिद डा शंकर शर्माको भनाई छ।



उनले भने ‘भारतबाहेक अन्य देशसंग तेलको ब्यापारको बारेमा सोच्नु फाइदाजनक हो तर बंगलादेशबाट हवाइजहाजमा तेल आयात गरि नेपालमा छेलोखेलो हुनेगरी उपलब्धता गराउन देशको अर्थतन्त्रले धान्न सक्दैन। ’साथै हवाइजहाजबाट तेल आयात गर्नको लागि आइकाओको नियम समेत बाधक हुने शर्माको तर्क छ। सरकारले पहल गरेमा आइकाओको नियममा केहि हेरफेर  हुन सकेमा पनि देशले बंगलादेशबाट हवाइजहाजमा तेल आयात गरि नेपाली जनतालाई उपलब्धता गराउनु असंभव हुने शर्माले बताए।



नेपालमा तेल आयातको लागि तत्काल कुटनीतिक समाधान  खोज्नुपर्ने शर्माको भनाई छ। चीनको ट्रेन नेपालको नाका सम्म आएमा चीनबाट तेल आयात संभव हुने भएपनि अहिले तत्काल यो स्थिति नरहेको उनले बताए।



चीनले नेपालको नाकासम्म रेलमार्गको विकास गरेपछि मात्रै चीनबाट नेपालले तेल आयात थाल्नु राम्रो हुने उनले जानकारी दिए। अब नेपालले देशमै पेट्रोलियम पदार्थको खोजी र चीनको नाकासम्मको सडक बिस्तारलाई प्राथमिकतामा राख्नुपर्ने शर्माले बताए। तत्कालको लागी चीनबाट तेल आयात त्यति सहज नभएपनि चीनतर्फको पुर्वाधार निर्मालाई अघि बढाएमा अविष्यमा देशले तेल अभाव खेप्नु नपर्ने शर्माको आँकलन रहेको छ।  setopati
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment