रुपन्देही उद्योग संघमा उम्मेदवारी दर्ता , अधिकांश पदमा निर्विरोध हुने निश्चित



बुटवल, आश्विन १७ गते,
 रुपन्देही उद्योग संघको आगामी असौज २३ गते हुन गइरहेको अधिवेशनको लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । संघको निर्वाचनमा अधिकांश पदहरु निर्विरोध निर्वाचित हुने भएका छन् । संघको अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीको मात्रै उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा गणेशप्रसाद अधिकारी र बिष्णु कुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनले यस पटक बढी चर्चा पाउने भएको छ । महासचिव कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा पनि एकल उम्मेदवारी परेको छ । उपाध्यक्षमा महेश थैव, महासचिवमा माधबप्रसाद पौडेल, कोषाध्यक्षमा दिलिप सापकोटा र सहकोषध्यक्षमा राजेन्द्र कार्कीको उम्मेदवारी परेको छ । सचिव पदमा भने कृष्ण प्रसाद पौडेल र कृष्ण प्रसाद पराजुलीको उम्मेदवारी दर्ता भएको छ । संघको अधिकांश क्षेत्रगत सदस्यहरुमा पनि एकल उम्मेदवारी दर्ता भएको छ । ७ जनाका लागि निर्वाचन हुने खुल्ला सदस्य पदमा भने १८ जनाको उम्मेदवारी दर्ता भएको छ । एशोसिएट सदस्यमा उमाशंकर मालपानी सेवा मूलकमा माधब नेपाल, महिला सदस्यहरुमा सावित्रा टण्डन, सरला भण्डारी र माया खनालको निविर्रोध हुने निश्चित प्राय भएको छ । बुटवल पश्चिम क्षेत्रबाट पनि हरी बहादुर खत्रीको एकल उम्मेदवारी परेको छ । बुटवल औद्योगिक क्षेत्रबाट हिरामणी भट्टराईको निर्विरोध हुने भएको छ । सदस्यहरुमध्येबाट संस्थागतमध्ये बिष्णु पाण्डे र दुर्गाप्रसाद तिवारीको उम्मेदवारी दर्ता भएको छ । योगीकुटी पडसरी क्षेत्रबाट निरन्जन सिलवाल र प्रेम बहादुर आलेबीच प्रतिपस्पर्धा हुने देखिएको छ भने बुटवल पूर्व क्षेत्रबाट युवराज पराजुली र सुरेन्द्र चौधरीको दावेदारी परेको छ । सहमतीमा लाने प्रयास जारी रहेको अध्यक्ष बोनिन पियाले बताउनु भएको छ । खुल्ला सदस्यहरुमा गोविन्द प्रसाद गैरे,श्री गिरीराज गैरे (राजु),माधब रेग्मी,सन्दिप सापकोटा, सन्जय लम्साल, चन्द्रकान्त खनाल, युवराज अधिकारी, महेन्द्र कुमार पोखरेल, जीवकान्त काप्mले (जीवन), मोहनीलाल रिजाल, उपेन्द्र अग्रवाल, बालकृष्ण पराजुली, तुल बहादुर सारु, दीपक खनाल, बिष्णु प्रसाद भण्डारी (सोम), हुमनाथ न्यौपाने, लालहरी पाण्डे, ई. नेत्रनारायण भण्डारीको उम्मेदवारी परेको छ ।
 आगामी २३ गते मतदान कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त डा. बुद्ध बहादुर थापाले जानकारी गराउनु भएको छ ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment