घटस्थापनादेखि नै दशैंबिदा read more

काठमाडौं : नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ ।


निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् । यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने सम्बद्ध स्रोतले बतायो । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।
न्यायालयसम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आएको थियो । अरू सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म (६ दिन) बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूर्णिमाको दिन पुनः बिदा दिइँदै आएको थियो ।
यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ । गृहका अधिकारीअनुसार इन्धनको कारण कर्मचारीलाई अड्डा–घर आउजाउ गर्न समस्या पर्नु बिदा थप्नुको एउटा कारण हो । यस्तै सर्वसाधारण पनि अत्यावश्यक कामबाहेक नआउने भएकाले सरकारी अड्डामा कामको चाप घटेको छ । तराईका अधिकांश भागका सरकारी कार्यालय यसै पनि बन्द रहेका छन् ।
आन्दोलित भागमा त स्थानीयबाहेकका कर्मचारीले यसै पनि जिल्ला छाडिसकेका छन् । बिदा नभए पनि घटनस्थापनादेखि कोजाग्रस्त पूर्णिमासम्म चाडको माहोलका कारण सरकारी अड्डामा खासै काम हुँदैनन् । सेवाग्राहीको चाप एकदम कम हुने भएकाले अड्डा रहेको ठाउँबाहिर घर हुने कर्मचारी बिदा लिन थाल्छन् ।
‘कामको चाप यसै पनि कम हुने समयमा बिदा दिँदा इन्धनलगायतको खपत कम भई मुलुकलाई लाभै हुने निष्कर्ष निकालेर लामो बिदाको निर्णय गर्न लागिएको हो,’ स्रोतले भन्यो ।
 घटस्थापनादेखि तिहार (मधेसमा छठसम्म) कामको चाप कम हुने भएकाले बिदा थपिएर पर्ने मर्का तुलनात्मक रूपमा कम हुने अनुमान छ । बिदा दिएपछि काठमाडौंमा रहेका कर्मचारी र तिनका परिवार आफ्नो घर वा घुमफिर निस्कने र उपत्यकामा अत्यावश्यक वस्तुको माग पनि घट्ने अनुमान गरिएको छ ।
Source - See more at: annapurnapost 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment