ग्यासले दाउरे युगमा फर्कायो काठमाडौं ! ,ईन्धनले कता पुर्‍याउला??

 १९ असोज, काठमाडौं । भारतीय नाकाबन्दीका कारण ग्यास सिलिण्डर रित्तिएपछि राजधानीका होटल एवं रेष्टुरेन्टहरुमा दाउरा बाल्न थालिएको छ । दाउराको प्रयोग गर्दा भन्छा कालो हुने, भाँडा माझ्न कठिन हुने र ग्यासभन्दा पनि महंगो पर्ने व्यवसायीहरु बताउँछन् । तर, दाउरामा पकाएको खाना मीठो हुने उपभोक्ताको अनुभव छ ।
ग्यासको अभावका कारण काठमाडौंका थुप्रै होटल र रेस्टुरेन्ट बन्द भएका छन् । सञ्चालनमा रहेकाहरुले पनि आफ्नो मेन्युअनुसार सेवा दिन सकेका छैनन् । बजारमा दिउँसो खाजा खान नपाइने अवस्था सिर्जना हुन थालेको छ ।
ग्यासको विकल्पका रुपमा होटल-रेस्टुरेन्टमा केही दिनयता दाउरा बाल्न थालिएको छ । दाउरामा पकाएको खानेकुरा मीठो भए पनि काम गर्नलाई कष्टप्रद हुने व्यवसायीहरु बताउँछन् । अनलाइनखबरले राजधानीका केही रेस्टुरेन्ट चाहारेर जानकारी लिने प्रयास गरेको छ :

ग्यास भन्दा दाउरा महंगो पर्दोरहेछ
 -बेस्ट फुड क्याफे, पुतलीसडक
 म्यानेजर राजेश श्रेष्ठ भन्छन् : हाम्रो रेस्टुरेन्टमा दैनिक १५० जति ग्राहक आउँछन् । १५ वटा सिलिण्डर थिए, अहिले सबै खाली भएका छन् । दुईवटा हिटर पनि छन् । मेन्युको १५ प्रतिशत आइटम घटेको छ । चार दिनदेखि दाउराबाट पकाउन थालेका छौं । टेकुबाट २० रुपैयाँ केजीका दरले दाउरा ल्याएका छौं । एक केजी दाउरा एकवित्ता पनि हुँदैन । ग्यासभन्दा महंगो पर्दोरहेछ ।
तर, दाउराबाट पकाउँदा मीठो भएको फिडब्याक पाएका छौं । तर यसका बेफाइदा धेरै छन् । एकातिर धुवाँले आँखा पोलेर खपिनसक्नु हुन्छ, अर्कोतिर माझ्न पनि गाह्रो हुन्छ । घरको सिलिङ पूरै कालो भइसकेको अवस्था छ ।

दाउरा र भुसको चुलोमा पकाउँदैछौं
 -सीएफसी, कमलपोखरी
 सञ्चालक भीम श्रेष्ठ भन्छन् : पाँच दिन भयो, ग्यास सकिएको । दिनमा दुई सय प्लेट मम खपत हुन्छ । १३ जना कर्मचारी छन् । पाँच दिनदेखि दाउरा र भुसे चुलोमा पकाइरहेका छौं ।

मेन्युबाट १० प्रतिशत आइटम घटेको छ । पकाउँदा मीठो भए पनि काम गर्न कष्टप्रद हुन्छ ।
धुवाँले किचेन कालो भयो
 -क्वालिटी फुड क्याफे, चारखाल
 म्यानेजर राजकुमार श्रेष्ठ भन्छन् : २४ वटा सिलिन्डर थियो, सबै खाली भयो । मेन्युबाट ४० प्रतिशत आइटम घटेको छ । रेस्टुरेन्ट मर्मत गर्दाखेरिका दाउरा थिए, त्यही बालेर पकाइरहेका छौं । धुवाँले ग्राहकलाई पनि असर गर्न थालेको छ । सिलिङ चार दिनमा पूरै कालो भइसक्यो । किचेन पनि धुवाँले फोहोर देखिँदो रहेछ ।
कुकहरुलाई दाउरा बाल्ने अभ्यास छैन । दुई सिलिण्डर ग्यास पाँच हजार तिरेर पनि किन्यौं । अहिले त्यही पनि पाइँदैन । दाउरा ग्यासभन्दा महंगो पर्दोरहेछ । यस्तै अवस्थामा तिहारपछि चलाउन सक्दैनौं ।

 खाना खुवाउन सकिएन
 -अनामनगरस्थित भान्छाघर
होटल सञ्चालक भन्छन्ः ग्यास सकिएको दुई दिन मात्रै भयो । आज खान खुवाउन सकिएन । दैनिक तीन सय खाना खान आउँथे ।
घरमा आठ वर्ष अगाडि जर्किनमा राखेको मट्टीतेल रहेछ । पुरानो स्टोभ पनि भेटियो । त्यसबाट भोलिदेखि दुई-तीन दिन खाना खुवाउन सकिन्छ ।
Source: तस्वीरः श्रीधर पौडेल Online Khaber

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment