ति बाल बच्चा, बुढा—बुढि आमा बाबु, कलिली अर्धागीनीको आशु र सिन्दुरको मुल्य बुझन सक्छौ??

ए मेरा प्रिय नेता ज्यु, हामी सार्वभौम,स्वतन्त्र देशका नागरिक माथी किन बेला —बेलामा थिचोमिचो सहन वाध्य पारिन्छ । के हाम्रा सासकवर्ग चुनावी माहोल र भाषणमा मात्र किन आवेग आउने,देशप्रेम झल्कने र राष्ट्रियताका कुरा गर्छन । 
जव कार्यन्वयन पक्षमा पुग्दा खुट्टा कमाउछन । के उनिहरु लाई वाध्य पारिन्छ भने यसको बुलन्द आवाज उठाउन सक्दैनन । पद लाई कमाउधन्दा किन बनाईन्छ । पर्दा पछाडीबाट गरिएको राष्ट्रघात, देशद्रोही काम भोलीका दिनमा हिसाव किताव हुन्छ । जँहा जसरी पनि इतिहासले बताउछ । त्यो बेलामा तिम्रा सन्ततीले त्यो मुल्य चुकाउनु पर्ने छ, देशद्रोही राष्ट्रघातीको बिल्ला भिराईनेछ, यसको तिमलाई कत्ति पनि डर छैन र । तिम्रो पद र प्रतिष्ठाले गर्न सक्ने काम, निति नियममा बाध्न बसाल्न सक्ने काम किन नगर्ने । देशमा भै रहेको अराजकता, अभाव , बेरोजगारी, नेपाल आमाको साध मिचिदा, दिन दहाडै कहालीलाग्दो निर्मम हत्या, आफ्नै दिदीबहिनीको चिरहरण, जहाँ जता गयो, जे काम गर्‍यो उतै ठगी , भ्रष्टाचार देख्दा मन पोल्दैन र । कित भारत संग मात्र निर्भरता खोजिन्छ, अरु विकल्प लाई किन वेवस्ता गरिन्छ । किनेरै खानु छ भने, सबै चिनीया सामन प्रयोग गरिन्छ त । इन्धन जस्तो असाध्यै महत्वपुर्ण कुराको वास्तविकतालाई जनतासामु किन गुमराहामा राखिन्छ । 

ए मेरा प्रिय नेता ज्यु राष्ट्रवाद, राष्ट्रियताको खोक्रो नारा लगाउदै गर्दा, कुन कुन कुरामा देश आत्मनिर्भर छ, अरु कुन कुन वस्तुबाट छिट्टै आत्मनिर्भर हुन के के गर्न सकिन्छ किन जनतालाई जानकारी गराउन सकिदैन अर्थात निति निर्माण तय गर्न सकिदैन । हामै देशमा भएको तरकारी, फलफुल, फुलहरु,मासु, अन्य कृषीजन्य उत्पादन बढाउन बजारीकरण गर्न किन सकिदैन । तमाम युवालाई कति दिन विदेश पठाउने लाला बाला ले आफ्नो बात्सल्य बाबुको काखमा विताउन किन नपाउने । 

ए मेरा प्रिय नेता ज्यु विमानस्थल पुगेर केहि दिन हेर जवान भाई बहिनी विदेशमा आफनो शक्तिको मोलमालाईको लाम लगाई रहेछन । कति बन्द बाकसमा लाशहरु झरिरहेका छन । ति बाल बच्चा बुढा—बुढि आमा बाबु कलिली अर्धागीनीको आशु र सिन्दुरको मुल्य बुझन सक्छौ ।  ए मेरा प्रिय नेता ज्यु तिमी कहिले आउछौ । एक नेपाली,मनमा उब्जेका ज्वारभाटाका साथमा    
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment