रुपन्देहीको बेलहिया (सुनौली) र बाँकेको कोहलपुर (रुपैडिहा) नाका थप खुकुलो

 बेलहिया र रुपैडिहा थप खुकुलो
बुटवल/कोहलपुर- आठ दिनदेखि भारतीय अघोषित नाकाबन्दीका कारण तनावपूर्ण सीमा नाकामध्ये रुपन्देहीको बेलहिया (सुनौली) र बाँकेको कोहलपुर (रुपैडिहा) नाका थप खुकुलो पारिएको छ।

बुधबार १३ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएका यी दुई नाकाबाट बिहीबार मात्रै ३१ ट्यांकर पेट्रोलियमसहित सयौं मालवाहक सवारीसाधन नेपालतर्फ पठाइएको छ।
बेलहिया नाकाबाट मात्र पेट्रोलियम पदार्थ बोकेका १८ वटा ट्यांकरसहित एक सयभन्दा बढी मालवाहक सवारीसाधन बिहीबार नेपाल छिरेका छन्। रुपैडिहाबाट पनि बिहीबार १० ट्यांकर पेट्रोलियम र तीन बुलेट एलपी ग्यास नेपाल पठाइएको छ।

'भारतीय पक्षले चेकजा"च खुकुलो बनाउ"दै लगेको छ,' इलाका प्रहरी, बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए, 'बिहीबार १८ वटा पेट्रोलियम ट्यांकरसहित एक सयभन्दा बढी मालवाहक गाडी यता आएका छन्।'

सीमावर्ती नेपाली सुरक्षा अधिकारीले नेपालमा सुरक्षा अवस्था सुदृढ रहेकाले कुनै शंका नगर्न पटक—पटक आश्वस्त पारेपछि भारतीय सीमा अधिकारी गाडी छाड्न लचिलो भएका हुन्। बिहीबार पठाइएका ट्यांकरमा आठ–आठवटा पेट्रोल र डिजेल, दुइटा एलपी ग्यास, दुइटा मट्टीतेल र ८८ वटा खाद्यान्न, फलफूल, मार्बल, तरकारीलगायत सामग्री रहेको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ।

भारतीय सीमा अधिकारीलाई राखेर बिहीबार नेपाली सुरक्षा अधिकारीले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए। नेपाली अधिकारीको सुरक्षा ब्रिफिङपछि भारतीय अधिकारी कमजोर सुरक्षा अवस्था भनी भारतमा चलेको हल्लालाई आफूहरुले चिर्ने र थप सहज बनाउने प्रतिबद्धता जनाएका थिए।

भैरहवा भन्सार कार्यालयमा भएको छलफलमा भारतको महाराजगन्ज जिल्लाका डिएमएसके श्रीवास्तवले सीमामा अड्किएका गाडी छाड्न तीव्रता दिने प्रतिबद्धता जनाएका थिए। लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले भारतीय अधिकारी गाडी छाड्न सकारात्मक हँुदै आएको बताए।

केही दिनदेखि भारतले लगाएको अघोषित नाकाबन्दीले सीमावर्ती भारतीय भूमि सुनौलीमा भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीले मालवाहक गाडी रोक्दै अनावश्यक जा"चपडताल गरेपछि सयौं गाडी नाकामा रोकिएका छन्।

एसएसपी केसीले निरन्तरको छलफलले भारतीय सीमावर्ती क्षेत्रका अधिकारी यहाँको सुरक्षा अवस्था प्रभावकारी भएको बारे ढुक्क रहेको आफूले पाएको बताए।

यता, दु्ई देशका सुरक्षाकर्मीको कडाइपछि सीमा क्षेत्रमा प्रदर्शन र धर्ना रोकिएको छ। बुधबार धर्ना दिन लागेका आन्दोलनकारीलाई भारतीय प्रहरीले सीमामा आन्दोलनका कार्यक्रम नगर्न भन्दै रोकेका थिए। मंगलबार भारतीय भूमिबाट नेपाल प्रहरीलाई आन्दोलनकारीले ढुंगा हानेको तर भारतीय प्रहरीले कुनै कारबाही नगरेको बारे नेपाली अधिकारीले असन्तुष्टि जनाएपछि भारतीय प्रहरीको भूमिका फेरिएको हो।

यता, बाँकेको कोहलपुरसँग जोडिएको भारतको रुपैडिहा नाकाबाट पनि बिहीबार १० ट्यांकर पेट्रोलियम भित्रिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पेट्रोलियम पदार्थ रोकेर नेपालतर्फ पठाएका तरकारी र फलफूल नेपालगन्ज भन्सार नाका र प्रहरीले रोकेपछि बुधबारदेखि यो नाका पनि केही नाका खुकुलो पारिएको छ।

नेपालतर्फबाट पनि तरकारी, फलफूललगायत आयात रोक्न थालिएपछि पेट्रोलियम पदार्थ पठाउन थालिएको हो। बिहीबार नेपालगन्ज भन्सार र नेपाल प्रहरीले तरकारी, फलफूललगायतका सवारी प्रवेशमा रोक लगाएपछि भारतीय एसएसबीले बेलुका १० ट्यांकर पेट्रोल र तीन बुलेट ग्यास छाडेको छ। बिहीबार पेट्रोल र ग्यासका १३ गाडीसहित २५ वटा ट्रक भित्रिए। बुधबार राति अबेरसम्म पनि २१ वटा गाडी नेपाल प्रवेश गरेको नेपालगन्ज भन्सार कार्यालय प्रमुख राजेन्द्र हमालले बताए।

बुधबार नेपालतर्फबाट भन्सार जाँच रोकिँदा तीन ट्यांकर पेट्रोल र दुई ट्यांकर हवाई इन्धन भित्रिएका थिए।

प्रहरीचौकी जमुनाह इन्चार्ज विष्णु गिरीले नेपालतर्फको कडा कदमपछि भारतीय एसएसबी बिस्तारै नाकाबन्दी खुकुलो पार्न लागिपरेको बताए। भारतले बिहीबार बिहान पनि पेट्रोलियमबाहेक अन्य सामान बोकेका सवारीसाधन पठाउन थालेपछि नेपाल नाकामा रोकिएको थियो।

'अन्य मालवाहक ट्रकमा नेपालले प्रवेश रोक लगाएपछि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर छाड्न एसएसबी बाध्य बन्यो,' गिरीले भने। भारतीय पक्षबाट बिस्तारै डिजल, पेट्रोल, ग्यास र हवाई इन्धन नेपाल प्रवेश गरेपछि बजारमा बढ्दो अभाव केही कम भएको आयल निगम प्रमुख श्रीचन्द श्रेष्ठले बताए। उनले भने, 'अब मध्यपश्चिममा एक महिना पुग्ने हवाई इन्धन र हप्ता दिन पुग्ने डिजेल, पेट्रोल स्टक छ।' बिहीबार नेपालगन्जबाट काठमाडांैका लागि समेत हवाई इन्धन पठाइएको छ।  
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment