पारसले मागे अन्नपूर्णपोस्टसँग स्पष्टीकरण

काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यही असोज १५ गते अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक प्रत्रिकामा प्रकाशित कप्तान पारस खड्कालाई कप्तानबाट हटाउने भन्ने समाचारमा आपत्ति जनाएका छन्।

 पत्रकार सम्मेलनको आयोजना गरी पारसले व्यक्तिगत तथा व्यावसायिक रुपमा उक्त समाचारले आफूलाई दुःखी तुल्याएको बताए।
 आधिकारिक जानकारी नभई आफनो प्रतिष्ठामा आँच आउने खालको समाचार प्रकाशन गरेको भन्दै कप्तान खड्काले आजै नै अन्नपूर्ण पोष्टलाई स्पष्टीकरणको माग गर्ने बताए।
यो पनि पढ्नुहोस् - कप्तानबाट हटाइएको 'हल्ला'बारे के भन्छन् पारस? के भन्छ क्यान?
नेपाल क्रिकेट सङ्घ (क्यान) को अनुशासन समितिले आफूलाई त्यस किसिमको कुरा कहिले पनि नगरेको स्पष्ट पार्दै उनले क्यानमा करारको रुपमा खेल खेल्दै आएको हुदाँ क्यानको जस्तोसुकै निर्णय आफूलाई मान्य हुने समेत बताए।

 समाचार प्रकाशन भएपछि क्यानले पनि कप्तान खड्काविरुद्व त्यस किसिमको कुनैपनि निर्णय नभएको भन्दै आपत्ति जनाएको थियो।

 क्यानको अनुशासन कमिटीले कप्तान खड्कालाई अनुशासन विपरित काम गरेकाले बोर्ड बैठकबाट कप्तान पदबाट हटाउने निर्णय गरेको भन्ने समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित भएको थियो। रासस -पहिलोपोस्ट -  
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment