अब नेपाली चलचित्र पनि अनलाइनमा


काठमाडौं, असोज १८ – नेपाली चलचित्र अब अनलाइनबाटै हेर्न सकिने भएको छ । नेपाली चलचित्र अनलाइनबाटै हेर्न मिल्ने वेबसाइट हाम्रोमुभी डट कम सञ्चालनमा आएको छ । हाइलाइट्स नेपालसँगको सहकार्यमा विधी प्रालिले नयाँ वेवसाइट सुरु गरेको हो ।
विश्वभर रहेका नेपालीले नयाँ तथा पुराना नेपाली चलचित्र सजिलैसँग हेर्न सकुन भनेर अनलाइन पोर्टल सुरु गरिएको विधी प्रालिले जनाएको छ । यसमा चलचित्रका साथै चलचित्रको ट्रेलर, पोस्टर तथा छोटा चलचित्र पनि हेर्न सकिने छ ।

अहिले वेबसाइटमा २० वटा चलचित्र राखिएको र चाँडै नै दुई सय भन्दा धेरै चलचित्र राख्ने जनाइएको छ । नेपाली चलचित्र हाम्रो मुभी डट कमबाटै रिलिज गर्न मिल्ने गरी तयारी सुरु गरिएको विधिका प्रमुखकार्यकारी अधिकृत सुवास सापकोटाले बताउनुभयो । नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउन आफूहरुले सुरु गरेको अभियानले सहयोग पुग्ने सापकोटाको भनाई छ ।  
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment