भारतले जमीनमा मात्र नाकाबन्दी गरेको भनेको, हवाई नाकाबन्दी पनि गरेको रहेछ

 

mainphotoकाठमाडौं : पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तु नेपाल ल्याउन रोकिरहेको भारतले नयाँ दिल्लीबाट नेपाल ल्याउन लागिएका पासपोर्ट पनि रोकेको छ।

एक सातादेखि नयाँ दिल्लीस्थित विभिन्न मुलुकका दूतावासबाट फिर्ता भएका पासपोर्ट नेपाल पठाउन रोकिएको छ। नयाँ दिल्लीमा रहेका एक दर्जनभन्दा बढी देशका दूतावासले नेपालीलाई पनि भिसा जारी गर्छन्। भिसा लागेका र नलागेका पासपोर्ट कार्गोमार्फत् दैनिक नेपाल आउने गरेकोमा एक सातादेखि रोकिएको हो।

‘एक सातादेखि कुनै पनि पासपोर्ट नेपाल आएको छैन’, नेपालबाट नयाँ दिल्लीसम्म पासपोर्ट लैजाने प्रमुख कम्पनी भिएफएसका अधिकारीले पहिलोपोस्टसँग भने, ‘दूतावासहरुले डिस्चार्ज गरेका पासपोर्ट पनि दिल्लीमै छन्।’

के कारणले यस्ता पासपोर्ट नेपाल ल्याउन सकिएन भनेर भिएफएसले पनि स्पष्ट जानकारी दिन सकेको छैन।  दैनिक सयौं नेपाली महाराजगञ्जस्थित भिएफएसको कार्यालय धाइरहेका छन्। भिएफएसले युरोपेली युनियनका अधिकांस मुलुकहरु, बेलायत, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरुको भिसा प्रक्रियाको काम गर्छ। भिएफएसमा पासपोर्ट बुझाएपछि सम्बन्धित मुलुकको दूतावाससम्म पासपोर्ट लैजाने र भिसा प्रक्रिया सकिएपछि नेपाल ल्याएर फिर्ता दिने काम गर्छ।

भारतले दुई साता देखि अघोषित नाकाबन्दी कायम राखेको छ। विशेषगरी नेपाल ल्याउने पेट्रोलियम पदार्थ रोकिएको छ। पेट्रोलियम रोकिँदा नेपालका बजारहरुमा हाहाकार भइसकेको छ।

नयाँ दिल्लीबाट विमानमा यस्ता पासपोर्ट नेपाल ल्याउने गरिएको थियो। दिल्लीबाट कुनै पनि कार्गो ल्याउन नदिएको कारण पासपोर्ट नआएको जानकारी पनि भिएफएसका अधिकारीले दिएका छन्। दैनिक सयौं पासपोर्ट नेपालबाट दिल्ली लैजाने र दिल्लीबाट नेपाल ल्याउने गरिएको भिएफएसका अधिकारीको भनाइ छ। एक सातादेखि यो क्रम रोकिएकोले हजारौँ नेपाली प्रभावित भएका छन्।

पासपोर्ट नेपाल नआएको जानकारी भारतका लागि नेपाली राजदूत  उपाध्याय, परराष्ट्र सचिव, केही मन्त्रीहरुलाई पनि जानकारी भइसकेको छ।

अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले भारतको नाकाबन्दी जमिनमा मात्रै नभई आकाशमा पनि भएको उल्लेख गर्दै ट्विट गरेका छन्।
  भिएफएसले केही दिनमा नयाँ दिल्लीबाट दुबई पठाएर नेपाल पासपोर्ट ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ। यसरी पासपोर्ट ल्याउन अझै केही दिन लाग्न सक्छ । ‘हामी आगामी सोमबार मात्रै थप जानकारी दिन सक्छौं’, भिएफएसका कर्मचारीले भने।  Source:सरोज काफ्ले/पहिलोपोस्ट
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment