जोगवनी नाका बिहानैबाट सुचारु, २१ ट्यांकर इन्धन भित्रियाे


साेमबार बिहान नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका ६ वटा ट्यांकर पनिरहेकाे छ । जसमा २ वटा ग्याँसकाे बुलेट, ८ वटा पेट्रोल र ११ डिजेलकाे ट्या‌ंकर रहेकाे  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले बताए ।

आइतबार मध्यरातमा प्रहरीले बल प्रयोग गरि विराटनगर नाका अगाडी धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाएपछि आज बिहानैबाट जोगवनी नाका हुँदै मालवाहक ट्रकहरू नेपाल भित्रिन थालेको छ । साेमबार बिहान नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका ६ वटा ट्यांकर पनिरहेकाे छ । जसमा २ वटा ग्याँसकाे बुलेट, २-२ वटा पेट्रोल र डिजेलकाे ट्या‌ंकर रहेकाे भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताए । उनले इन्धन बोकेका ट्यांकर र ग्याँस बोकेको बुलेट निकै पछाडी रहेकाले आउन ढिला भएको बताए । यद्धपी इन्धन र ग्याँस बोकेका साधनलाई प्राथमिकताका साथ छुट्टै ल्याउनका लागि आवश्यक तयारी गरिरहेको बस्नेतले बताएका थिए । साँघुरो सडक र अगाडी सवारी साधनको ठुलो लाइन भएकाले इन्धनको गाडी ल्याउन समस्या परिरहेको छ ।

पछिल्लो ९ दिनदेखी विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट अगाडी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरू पाल टाँगेर दिनरात धर्ना बस्दै आएका थिए । नाकामा प्रहरीले बल प्रयोग गरि प्रर्दशनकारीलाई हटाएपछि आज बिहानैवाट भारतीय क्षेत्रबाट सवारी साधन भित्रिने क्रम सुचारु भएको हो । बिहान ८ बजेसम्ममा ३७ वटा मालवाहक ट्रक विराटनगर भन्सार कार्यालयमा प्रवेश गरेको भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आज बिहानवाट लामबद्ध भएर बसेका मालवाहक ट्रकहरू नेपाल भित्रिने छन् । प्रवेश गरेका ट्रकहरू भन्सार कार्यालय परिसरमा राखिएको छ । हिजो नेपाल र भारतीय भन्सार अधिकारी, भन्सार एजेन्ट सहित सरोकारवालाबीच भएको सहमति पछि नाका सुचारु गर्ने निर्णय भएको थियो । सो अनुरुप हिजो अवेर रातीसम्म ७ वटा मालवाहक ट्रक नेपाल भित्रिएको थियो ।


यता संयुक्त मधेसी मोर्चाका नेताहरूले प्रहरीले अनावश्यक दमन गरि आफना नेता कार्यकर्तालाई घाइते बनाएको, पक्राउ गरेको भन्दै निन्दा गरेको छ । उनीहरूले केही बेरपछि आन्तरिक छलफल गरि नाकामा फेरी धर्ना बस्ने चेतावनी दिएका छन् ।

गएराती १२ बजे प्रहरीले धर्नाकारीलाई भन्सार गेटबाट उठाउन खोज्दा प्रहरी र प्रर्दशसनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठीचार्जबाट आफ्ना केही कार्यकर्ता घाइते भएको मोर्चा सम्बद्ध नेताहरूले बताएका छन् । स्थिती नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिए । प्रहरीले धर्नास्थलवाट संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्धय भुराज राई र रामबिलास यादबलाई नियन्त्रणमा लिएको छ । धर्नाकारीले भन्सार गेट अगाडी धर्ना बस्न गाडेको टेण्टलाई पनि प्रहरीले हटाएको छ । मध्यरातमा प्रहरीले बल प्रयोग गरि आन्दोलनकारीलाई तितरवितर गरेपछि आज बिहानवाट नाकामा प्रर्दशनकारीहरू देखिएका छैनन् ।
प्रकाशित: आश्विन १८, २०७२
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment