रोनाल्डोलाई सम्मान

मड्रिड- क्लबका लागि सर्वाधिक गोल गरेका क्रिस्टियानो रोनाल्डोलाई रियाल मड्रिडले सम्मान गरेको छ। सान्टियागो बेर्नाबेउ रंगशालामा परिवार र टोलीका अन्य खेलाडी सहभागी कार्यक्रममा रियालले रोनाल्डोलाई सम्मान गरेको हो।
कार्यक्रममा सन् २००९ मा क्लबमा आबद्ध भएयता रोनाल्डोको सबै महत्वपूर्ण क्षणलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो। भिडियोमा उनले चिरप्रतिद्वन्द्वी बार्सिलोनासहित अन्य क्लबविरुद्धका महत्वपूर्ण गोल समेटिएको थियो। क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पोर्चुगलका कप्तान रोनाल्डोको प्रशंसा गरेका थिए। उनले भने, 'असम्भव जस्तो मानिएको चिजकै हाम्रै एकजनाले प्राप्त गर्न सफल भएका छन्।'

क्लब, खेलाडी, प्रशिक्षकलाई धन्यवाद दिँदै रोनाल्डोले भने, 'म क्लबकै उच्च गोलकर्ता बन्न सफल हुन्छु भन्ने कहिल्यै कल्पना गरेको थिइनँ।' बुधबार रियालले च्याम्पियन्स लिगमा माल्मोलाई २–० ले हराउँदा एक गोल गर्दा क्लबका लागि रोनाल्डोको त्यो ३ सय २४ औं गोल थियो। उनले टोलीका पूर्वकप्तान राहुल गोन्जालेजको कीर्तिमान तोडेका थिए।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment