कोइराला, ओली र प्रचण्डले १५ दिन घुँडा नटेके चीनवाट पेट्रोल आपूर्ति हुने

१५ दिन देखि एक महिनाको विचमा भारतीय विस्तारवादको पराजय हुनेचीनवाट पेट्रोल ल्याउन आनाकानी गर्दै आपूर्ति मन्त्री थापाअभिमन्युनेपाली कांगे्रशका सभापति शुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र नेकपा एमाओवादीका अध्यक्ष प्रचण्डले भारतीय हैकमवादका सामु घँुडा नटेकेर नेपाली राष्ट्रिय स्वाभिमान कायम राखेर भारतीय तथाकथित आदेश विपरित संविधान जारी गर्ने काममा प्रमुख भूमिका निभाए ।

अब उनीहरुले १५ दिन देखि एक महिना सम्म भारतीय विस्तारवाद सामु घँुडा नटेक्ने हो भने भारतीय विस्तारवादको यसपटक शर्मनाक पराजय हुने निश्चित भएको छ।भूकम्पले क्षत विक्षत वनाएको तातोपानीको वाटो र रसुवागढीको वाटोलाई समय मै तीब्र रफ्तारमा मरमत गर्न नेपाल सरकारको सम्वन्धित मन्त्रालय र विभागहरु नलाग्नाले अहिले संकट बढ्न गएको पुष्टि भएको छ ।अहिले ती नाकाहरु खोल्न केहि तदारुकता देखाइएको छ । यहि गतिमा काम अगाडि वढाउने हो भने पनि आगामी १५ दिनमा गाडि चल्न मिल्ने गरि ती नाकाहरु मरमत भैसक्ने जनाइएको छ ।चिनियाँ क्षेत्र तर्फ पनि वाटो मरमतको काम चलिरहेको वताइन्छ । नेपाल सरकारले अहिले देखि नै अनुरोध गरेर पेट्रोल डिजेल ग्याँस लगाएतका अत्यावश्यक सामानहरु आयातको लागि अर्डर गर्ने हो भने त्यो वेला सम्म नेपालको सीमा सम्म दैनिक तीन सय टैंकर पेट्रोल डिजेल तथा एक सय बुलेट ग्याँस ल्याउन सकिने चिनियाँ अधिकारीहरुले वताएका छन् ।यो परिमाणलाई क्रमशः वढाउँदै लान सकिने र भारतवाट ल्याउदाको मूल्य भन्दा केही वढी पर्ने भएपनि संकटको वेला भएकोले चीन सरकारले केहि अनुदान दिएर भएपनि ती वस्तुहरु नेपाललाई निर्यात गर्न तयार भएको अधिकारीहरुले वताएकाछन् ।तर चीनवाट अहिले नै अर्डर गरेर त्यो वेला सम्ममा ल्याउनका लागि आपूर्ति मन्त्री र केही मन्त्रीहरु सकारात्मक नभएको वताइन्छ । आपूर्ति मन्त्री सुनिल थापाको परम्परागत भारत संगको निकटताको कारण अहिले मन्त्री पद छाड्ने वेलामा भारतलाई गुण लगाएर जाने मनस्थिति वनाएकाले चीनवाट ती सामानहरु ल्याउन पहल नगरेको आपूर्ति मन्त्रालयका एक अधिकारीले वताए ।यसकारण प्रधानमन्त्री र बरिष्ठ नेताहरुले समय मैं यस तर्फ हस्तक्षेप गर्नु पर्ने वताइन्छ । चीनवाट ती सामान आउन थालेपछि भारतीय विस्तारवादको नाकावन्दी असफल भई भारतीय दवाव हस्तक्षेप कमजोर हुन जाने र देशको आन्तरिक समस्या देश भित्रैका शक्तिहरु वसेर हल गर्ने वातावरण वन्ने तथा समाधान गर्न सहज हुने राजनैतिक पर्यवेक्षेकहरु वताउँछन् ।१५ दिन नाकावन्दीको सामना गर्न नेपाली जनता तयार छन् । नेताहरुले यसपटक घँुडा नटेकोस् भन्ने चाहना सर्बसाधारण जनताको रहेको छ । यसपटक भारतीय विस्तारवादलाई परास्त गर्ने हो भने आइन्दा भारतले नेपाललाई गलत नजरले हेर्न नसक्ने पर्यवेक्षकहरु वताउँछन् ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment