खेलकुदमन्त्री पुरुषोत्तम पौडेलद्वारा राजीनामा




१४ असोज, काठमाडौं । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिएका छन् । पौडेलले बिहीबार अपराहृन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । अख्तियारको पत्रपछि प्रधानमन्त्रीले उर्जामन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्री पौडेललाई राजीनामा गराउन र राजीनामा नगरे बर्खास्त गर्न जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गराएका थिए । बर्खास्त गर्न लागेको जानकारी पाएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् । बालुवाटार जाँदै गर्दा बाटोमै अनलाइनखबरसँग कुरा गर्दै पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकाले राजीनामा दिएको बताए । पौडेलले भने-मैले ऐन नियम र कार्यविधि नाघेर कुनै काम गरेको छैन । तर, पनि प्रधानमन्त्रीले भनेपछि क्याबिनेट प्रणाली अनुसार राजीनामा दिनुपरेको हो ।’ पौडेलमाथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशव बिष्टलाई नियुक्त गरेकोमो अख्तियारले आपत्ति जनाएको थियो । बिष्टमाथि विदेशमा खेलाडी लगेर छाडेको लगायतका अभियोग रहेको अख्तियारको दावी छ । उर्जामन्त्री ज्ञवालीको राजीनामा भने अहिलेसम्म पुगेको छैन । उनको राजीनामा नगए आजै साँझसम्म बर्खास्त गर्ने तयारी बालुवाटारको रहेको छ 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment