सिंहदरबारमा मोर्चासँग वार्ता जारी,आन्दोलन तुहियो, यादव र महतो एक्लीए, गच्छेदार र ठाकुर सहमतितिर

मधेस आन्दोलनमा दुइ खेमा छन् । एउटा खेमामा मधेसी नेता महन्त ठाकुर र अर्को खेमामा विजयकुमार गच्छेदार । महन्त ठाकुरकै नेतृत्वमा रहेका उपेन्द्र यादव र राजेन्द्र महतो भने अब एक्लीने भएका छन् । विनोद र्चौधरीले भारत जानुअघि महन्त ठाकुरलाई पनि भेट गरे । महन्त ठाकुर र प्रधानमन्त्रीबीच पनि फोनबार्ता भयो । विनोद चौधरी भारत गएपछि भारतीय राजदुत पनि भारत गए ।

भारतीय राजदुत र विदेश मन्त्रीले महन्त ठाकुरलाई भारतबाटै टेलिफोन गरेपछि महन्त ठाकुर पनि सहजिकरणमा आएका छन् । यी सबै तालमेल पछि भारत सरकारले नाकाबन्दी खोल्न निर्देशन दिएको छ । तथापी यो निर्देशनमा उपेन्द्र यादव र रााजेन्द्र महतो सहमत छैनन् । यसपछि मधेस आन्दोलन बिचलन हुने निश्चित छ । मधेस आन्दोलनमा नेतृत्व गर्ने अब ३ खेमा भएका छन् । एउटा खेमाको नेतृत्व उपेन्द्र यादव र राजेन्द्र महतोले गर्नेछन्, एउटाको नेतृत्व महन्त ठाकुर र अर्कोको नेतृत्व विजयकुमार गच्छेदार । पछिल्लो सहमतिसँगै विजयकुमार गच्छेदार र महन्त ठाकुर सहमतिमा आउदै छन् । यी दुइ पक्षन सहमतिमा आएपछि उनीहरु सरकारमा पनि सहभागि हुने संकेत देखिएको छ । उपेन्द्र यादव र राजेन्द्र महतो भने अझै आन्दोलनकै पक्षमा छन् । उनीहरुले सिंगो मधेसलाई एक प्रदेश बनाएर मधेसमै राज गर्ने योजना बनाएका छन् । तर उनीहरुको योजना अनुसार तत्कालै यो सम्भव नहुने भएपछि भारतले उनीहरुको साथ छोड्ने संकेत देखिएको छ । भारतले केपी शर्मा ओलीलाई नै साथ दिने भएको छ । विनोद चौधरी ओलीकै दुत भएर भारत गएका हुन् । संसदमा बहुमत पनि पुग्ने र नेपालमा ओलीकै पक्षमा सरकार बन्ने लभिङ भएपछि ओली पनि भारतप्रति लचकदार हुँदै गएका छन् । मुलुकको तत्कालीन अबस्था सिर्जना गर्नमा विनोद चौधरीको पनि भूमिका छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आफन्त पर्छन् विनोद चौधरी । त्यसमाथि पहिलैदेखिको व्यापारीक सम्बनध पनि यी दुइबीचमा रहँदै आएको छ । नातामै आफन्त पर्ने यी दुइबीचको सम्बन्धलाई लिएर प्रधानमन्त्री शुसील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच एउटा यस्तो छलफल भयो, जसले उनै चौधरीलाई नेपालका तर्फबाट दुतका रुपमा भारत पठाउने र नाका खोल्ने सहमतिका लागि वातावरण निर्माण गर्ने कुरा भयो । त्यसपछि एमाले अध्यक्ष केपी ओलीले विनोदकुमार चौधरीलाई टेलिफोन गरे । लगत्तै विनोद चौधरी र ओलीबीच भेट भयो । प्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली र विनोद चौधरीबीच पनि त्रिपक्षिय भेट भयो । यही भेट पछि सूरु भयो नाकाबन्दी खोल्ने अभ्यास ।source: zoomnp.com
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment