बाबुराम भट्टराईले आफू निकटका नेतालाई प्रधानमन्त्री चुनावमा भोट हाल्न नरोक्ने read more...

संसदमा आज हुने प्रधानमन्त्री चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले आफू निकट सभासदहरूलाई मतदान गर्न नरोक्ने भएका छन्। भट्टराईका प्रेस सल्लाहाकार विश्वदिप पाण्डेका अनुसार बाहिर आएका समाचारहरू हल्ला मात्र भएको भन्दै  भट्टराईले आफू निकट कुनै सभासदहरूलाई भोट नहाल्न नभनेको स्पष्ट पारेका छन् ।

‘उहाँ अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने स्पष्ट पार्न चाहन्छौ उहाँको एउटै ध्येय छ पछिल्लो समयमा कमजोर हुँदै गएको पहाड-तराई-मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्ने,’विश्वदिपले भने, ‘त्यसका लागि उहाँ विगत केही समयदेखि क्रियाशील रहदै आउनुभएको सर्बविदितै छ। राजनीतिक दाउपेचमा मात्रै अल्झिनुभन्दा अब राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ आर्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयमा उहाँ विज्ञहरूसँग छलफलमा केन्द्रित हुनुहुन्छ।’
विज्ञ र सरोकारवालाहरूसँगको छलफल र आन्तरिक तयारी पश्चात उहाँले मुलुकको आर्थिक समृद्धिको योजना सार्बजनिक गर्नुर्ने पनि उनले स्पष्ट पारेका छन्।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment