आज मिति २०७२—०६—१९ गतेका दिन हजुरहरुको राशी अनुसार फलदोष


मेष
 (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

वृष
 (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट
 (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह
 (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

तुला
 (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन ।

वृश्चिक
 (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

मकर
 (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसि रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ
 (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।

मीन
 (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ। 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment