यसरी भयो नाकाबन्दी फिर्तागर्ने निर्णय -


काठमाडौं । अन्ततः भारत सरकार झुकेको छ । उस्ले एक सातादेखि लगाउँदै आएको नाकाबन्दी खुलाउने सहमति गर्दै सोहै अनुरुपको निर्णय गरेको छ ।सबैभन्दा बढी चहल पहल हुने वीरगञ्जको रक्सौल बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गराउने भारतीय निर्णय भएको हो ।आज नयाँ दिल्लीमा बसेको साउथ ब्लकको बैठकले नेपालसँग मिलेर स्थानीय स्तरमा अनुगमन गरेर वीरष्ञ्ज बाहेक सबै नाका सूचारु गर्ने निर्णय गरेको हो ।अनुगमन जारी रहेकोले आजैबाट नाका सूचारु हुने जनाइएको छ । बीरगञ्जमा आन्दोलनकारीहरुको संख्या बढी र बढी चहल पहल भएकोले त्यहाँ भने तत्काल सूचारु नहुने भएको छ ।साउथ ब्लकले नेपालका प्रमुख राजनीतिक दलहरुले बार्ता थालेको र संविधान संशोधनको प्रक्रिया समेत अगाडि बढाएको अवस्थामा अब मधेसी नेताहरुलेपनि बार्ता गर्नु पर्ने निश्कर्स निकाल्दै नाका सूचारु गर्नु पर्ने निश्कर्स निकालेको हो ।नेपाल र भारतवीच रहँदै आएको कन्फ्यूजन हटेकोले भारतले आफ्नो च्यानलबाट मधेसी नेताहरुलाई बार्ताबाट समस्याको समाधान खोज्न समेत आग्रह गरिरहेको बताईएको छ ।भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले हिजो नयाँ दिल्ली पुग्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दुगलसँग भेटेर यथार्थ अवस्था बताएका थिए ।नेपालले चीनसँगको नाका समेत खुलाउने तयारी थालीसकेको अवस्थामा भारतीय पक्षबाट आएको यो कदमलाई स्वागत योग्य मान्ने पर्छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार छठ आउनै लाग्दा लगाइएको नाकाबन्दीले समस्या पैदा भएको थियो । 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment