हैन् के भन्छन् , 'दाहाल अख्तियारको फन्दामा पर्दैछन्' : बाबुराम भट्टराई

 काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीत नेताहरू अख्तियारको फन्दामा पर्ने बताएका छन्। नवलपरासीको देवचुली नगरपालिकाअन्तर्गत पर्ने चौधरीग्रामका मजदुरहरूले आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्टाचारीको अखडा भएको बताए।

'एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो। त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ,' भट्टराईको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन्।'

नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्री भट्टराईबाट आएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिइएको छ।

गोर्खाबाट रुपन्देहीको धकधाईमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान भट्टराई नवलपरासी पुगेका थिए। नवलपरासीमा भएको कार्यक्रममा एमाओवादी नवलपरासी अध्यक्ष घनश्याम यादव, पूर्वसभासद चिनक कुर्मी तथा केही जिल्लास्तरीय नेताको सहभागिता थियो।

एक साताअघि एमाओवादीको औचित्य समाप्त भएको भन्दै पार्टी परित्याग गरेका भट्टराई विभिन्न क्षेत्रका कार्यक्रमलाई सम्बोधन गर्दै हिँडेका छन्। आइतबार मात्रै उनले रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment