आर्थिक विकासको लागि नयाँ शक्तिः बाबुराम भट्टराई

रुपन्देही, असोज १८ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पक्षसँग परामर्श गरेर मात्रै नयाँ शक्ति निर्माण गर्ने बताउनुभएको छ । सोमबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले नयाँ युग र परिर्वतनलाई आत्मसाथ गर्न नयाँ शक्तिको विकल्प नरहेको तर त्यसको निर्णण सबै पक्षसँग छलफल गरेर मात्रै गरिने बताउनुभयो ।

नयाँ शक्ति निर्माण र आवश्यकताको बहस आफूले डेढ वर्ष पहिलादेखि नै चलाएको भन्दै उहाँले बहसलाई सार्थक बनाउन पार्टी छोडेको दाबी गर्नुभयो । आफूले संविधानमा चित्त नबुझेर एमाओवादी पार्टी परित्याग नगरेको उहाँले बताउनुभयो ।

संविधान चित्त नबुझेर पार्टी छोडेको हो भनेर बुझ्नु सर्बथा गलत हुने उहाँको भनाई छ । असोज ३ गते नै पार्टी छोड्ने तयारी गरेको भएपनि केही ढिला भएको उहाँले बताउनुभयो ।

भारतले पछिल्लो पटक नेपालमाथि गरेको व्यवहार निन्दनिय रहेको उहाँले बताउनुभयो । तराई मधेसको समस्यालाई सम्वोधन गर्नुको विकल्प नरहेको पूर्व प्रधानमन्त्री भट्टराईको भनाई छ ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment