नया सरकार गठनको तयारी- जोड र घटाउ यसरी हुदैछ


राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार बेलुका सहमतीय सरकार गठनको लागि आह्वान गर्नुभएपनि दलहरु अझै औपचारिक छलफलमा जुटेका छैनन् । राष्ट्रपतिले दिएको समयसीमा अनुसार आउँदो २१ गतेभित्र सहमतीय सरकार गठनको सम्भावना नदेखिएपछि दलहरुले जाँगर नदेखाएका हुन् । संविधान अनुसार सहमतीय सरकार गठनको लागि व्यवस्थापिका संसदमा रहेका सबै ३१ वटा दलको सहमति र समर्थन चाहिन्छ । तर राप्रपा नेपाल प्रमुख प्रतिपक्षमा बस्छु भनिरहेको र मधेस केन्द्रित दलहरु आन्दोलनमा रहेका कारण सबै दलको सहमति जुट्ने अवस्था छैन ।
यस्तो हुँदा बहुमतीय प्रक्रियामार्फत नै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ । त्यसैले बहुमतीय प्रक्रियाबाट अधिकतम सहमति खोज्ने प्रयासमा दलहरु छन् । बहुमतीय प्रक्रिया २२ गतेपछि मात्र सुरु हुने भएकाले यसबीचमा दलहरु सहमतीय सरकार गठनको प्रयासमा जुट्ने छैनन् । अधिकतम सहमतिका साथ बहुमतीय प्रक्रियामार्फत सरकार गठन गर्ने गृहकार्यमा लाग्नेछन् ।

सरकार गठनको अंकगणित एस्तो छ:

रुपान्तरित व्यवस्थापिका संसदमा दलहरुको संख्या ३१ छ । सहमतीय सरकार गठनका लागि ३१ वटै दलको लिखित समर्थन चाहिन्छ । जुन अहिलेको अवस्थामा संभव देखिँदैन । यस हिसाबमा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गरिनेछ । ठूला दलहरु कांग्रेस, एमाले र एकीकृत माओवादी मिल्दा दुई तिहाई बहुमत पुग्छ ।




संसदमा अहिले ५ सय ९८ सांसद छन् । सद्भावनाका ६ सांसद र एमाओवादीका डा. बाबुराम भट्टराईले राजीनामा दिएपनि स्वीकृत भएको छैन । संविधान निर्माणको क्रममा संविधानसभा छाडेर हिँडेका मधेस केन्द्रित दल संसद बैठकमा पनि फर्किएका छैनन् । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको लागि संसदमा अहिले कायम रहेको ५ सय ९८ सांसदमध्ये २ सय ९९ आवश्यक पर्छ । संसदमा कांग्रेसका २ सय ७, एमालेका १ सय ८३ र एमाओवादीका ८४ सांसद छन् । यसकारण तीन दल मिल्दा पनि दुई तिहाई समर्थनले प्रधानमन्त्री चयन हुनेछ । संविधान कार्यान्वनको लागि पनि तीन दलले मिलेरै सरकार गठन गर्ने प्रतिबद्धता जनाएका छन् ।




तर फेरि कुरा नमिलेर तीन दल मिल्न सकेनन् भने कांग्रेसले एमाले र एमाओवादीबाहेकका अरु साना दलको समर्थनमा सरकार गठन गर्न सक्छ । कांग्रेस र एमाले मिल्दा मात्र पनि बलियो बहुमत पुग्छ ।  कांग्रेस र एमाओवादी, एमाले र एमाओवादी गठबन्दका लागि साना दलहरुको सहकार्य आवश्यक पर्छ ।

ओलीलाई प्रचण्डको साथ, कांग्रेसभित्र आआफ्नै दाउ:

दोस्रो संविधानसभापछि सुशील कोइराला नेतृत्वको वर्तमान सरकार गठन गर्ने बेला कांग्रेस र एमालेबीच संविधान जारी भएपछि एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

संविधान निर्माणको क्रममा भएको १६ बुँदे सहमतिको बेला पनि मुख्य दलहरुबीच अब बन्ने सरकार एमाले नेतृत्वमा हुने भद्र सहमति बनेको थियो । तर अहिले कांग्रेसका नेताहरुले यस्तो सहमति नभएको दाबी गर्दै आएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले समेत यस्तो भन्न थालेपछि एमाले र एमाओवादीका नेताहरु अचम्ममा परेका छन् ।




‘म आफैं त्यो बैठकमा छु, प्रधानमन्त्री जी ले नै स्पष्ट रुपमा अबको प्रधानमन्त्री ओली जी भन्नुभएको हो’ एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले उज्यालो अनलाइनसँग भन्नुभयो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यही भन्नुभएको छ । शनिबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा मुख्य दलहरुबीच भएको भद्र सहमति अनुसार एमाले अध्यक्ष ओली नै अबको प्रधानमन्त्री हुने बताउनुभयो । तर कांग्रेसका कुनै पनि नेताले एमाले नेतृत्वमा सरकार बन्छ भनेर मुख खोलेका छैनन् ।




‘यस्तो सहमति भएको हामीलाई जानकारी छैन’ कांग्रेस नेता डा. प्रकाशशरण महतले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘कांग्रेसले फेरि सरकारको नेतृत्व दावी गर्दा अचम्ममा पर्नु पर्दैन ।’ स्रोतका अनुसार कोइरालाले फेरि प्रधानमन्त्री बन्ने आकांक्षा गर्नुभएको छ । तर नेता महतले उहाँ प्रधानमन्त्री नबन्ने बताउनुभयो । ‘कांग्रेसले दाबी गर्दा शेरबहादुर जी प्रधानमन्त्री बन्ने उपयुक्त व्यक्ति हो’ उहाँले भन्नुभयो । आजको उज्यालो अनलाइनमा खबर छ ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment