नाकाबन्दी गर्न हामीले अराको होइन , मधेशको बुद्धी नभको जनता आफैँले गरेका हुन् ! गच्छदार

 भक्तपुर, १२ असोज / मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज वार्ता भएको छ । सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने वार्ताका विषयमा छलफल भएको बताइएको छ ।

वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले तराईमा मधेस र थारू समुदायले गरेका आन्दोलनका कारण भारतले नाकाबन्दी नगरेको दाबी गर्नुभयो ।

“भारतले दसँैको बेलामा नाकाबन्दी गर्नु राम्रो होइन, तराईमा हामीले गरेको आन्दोलनका कारण नाकाबन्दी गरेको होइन,” गच्छेदारले भन्नुभयोे – “नाकाबन्दीले दसँैको मुखमा दैनिक उपभोग्य सामानदेखि पेट्रोलियम पदार्थको समेत हाहाकार भएको छ, यो समस्यालाई समाधान गर्न सरकार र सत्ताधारी दलले छिटो पहल गर्नुपर्छ ।”

देशलाई छिटो निकास दिन सरकार र सत्तापक्ष जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताउँदै उहाँले तमलोपा अध्यक्ष ठाकुरसँग मधेसका मुद्दालाई एक बनाएर वार्तामा बस्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । आज अपराह्न चार संसदीय दलको कार्यालयमा हुने मधेसी दलहरुको छलफलले सरकारसँग कसरी प्रस्तुत हुने र वार्तामा कसरी जाने भन्ने निर्णय गर्ने र भोलिदेखि आफूहरु वार्तामा बस्न सक्ने उहाँले बताउनुभयो । रासस

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment