डा. बाबुराम भट्टराईलाई मार्ने प्रयास भएको खुलासा

आश्विन १७, २०७२- पूर्वप्रधानमन्त्री  डा. बाबुराम भट्टराईले माओवादीको भूमिगतकालमा संविधानसभाको एजेण्डा पार्टीमा पारित गराउने प्रस्ताव गर्दा आफूलाई तत्कालीन पार्टी नेतृत्वले मार्ने सम्मको योजना बनाएको र संघर्षकै कारण बाँच्न सफल भएको दाबी गरेका छन् ।

 नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगग्राम भित्र आयोजित छलफल कार्यक्रमममा भट्टराईले उक्त खुलासा गरेका हुन् । पार्टी नेतृत्वले भूमिगतकालमा आफूलाई अनावश्यक लान्छाना लगाउँदै बन्दी बनाएको र बन्दी अवस्थामै सिध्याउने षडयन्त्र गरेको बताए ।
 आफ्नै विरुद्ध भूमिगत र अनुशासित पार्टीले त्यस्तो गम्भीर षड्यन्त्र गर्दापनि देश र जनताको मुक्तिकालागि निरन्तर संघर्ष गरेको सुनाउँदै उनले ती संघर्ष सम्झँदा गर्व लाग्ने गरेको बताए ।
 नेपालमा नेकपा एमाओवादीको सान्दर्भिकता अब सकिएको बताउँदै उनले देश नयाँ युगमा प्रवेश गरेकाले नयाँ सोच सहित मुलुकलाई वैज्ञानिक नेतृत्व गर्न सक्ने नेता आवश्यक रहेको जनाए ।
 कुनै व्यक्तिको नाम उल्लेख नगरीकन उनले अगाडि भने, ‘पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न सकिँदैन र त्यसले परिणाममूखी राजनैतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट भएकाले आफूले पार्टी र सांसदबाट राजीनामा दिएको हुँ ।’
 उनले अगाडि भने, 'संविधानसभाको मुद्दा विपी कोइरालाले पनि उति बेलै उठाउनु भएको थियो तर परिणाम दिन सक्नु भएन । त्यसपछि नेपालका धेरै कम्युनिष्ट पार्टीहरुले उठाए पार लागेन ।'
 उनले २०५० सालपछि निरन्तररुपमा संविधानसभाको एजेण्डा जनता समक्ष लैजाने काम जोडदार रुपले गरेको बताए । '७२ सालमा संविधानसभाबाट संविधान जारी भैसकेपछि पुरानै सोचका साथ पार्टीमा बस्न उपयुक्त थिएन र मैले पार्टी छोडेँ,' उनले भने ।
 उनले एमाओवादी पार्टी किन छोड्न पर्‍यो भनेर स्पष्ट पार्न जिल्ला दौडाहामा लागेको बताए ।
 'तपाईंहरुलाई पनि यसले पार्टी किन छोड्यो भनेर पनि दिमाग खल्बलियो होला । त्यो स्वभाविक पनि हो,' उनले भने, 'म भारतपरस्त व्यक्ति होइन । मलाई संविधान जारी हुँदै गर्दा ( मेरो एजेण्डाले अन्तिम रुप पाउँदै गर्दा ) भारत परस्त भनेर पार्टीका ठूला नेताले घोक हाले । म भारत परस्त हुँदै होइन । अरु उपाए थिएन उनीहरुसँग । अनि मेरो खोइरो खन्न थाले । हुँदाहुँदा त 'रअ'को कार्यकारी नै बाबुराम हो भन्ने सम्मका निकृष्ठ बचन पनि पोखे ।'
 'खराब मित्रहरु म सँग आउलान र मेरो नयाँ अभियान बिर्गालान भन्ने हेक्काकै कारण म एक्लै पार्टी छोडेको हुँ । एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो,' उनले भने ।
 डा. बाबुराम आजै रुपन्देहीमा आयोजित कार्यक्रमका लागि भैरहवा गएका छन् ।

 स्रोत: कान्तिपुर 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment