रुपन्देहीको धकधई बजारमा डा.भट्टराई

रुपन्देहीको धकधई बजारमा संयुक्त संघीय मधेशी थरुहट संघर्ष समिती रुपन्देही द्वारा आयोजित बिरोध सभालाई प्रमुख बक्ताको रुपमा ...

नेता भट्टराई सँगै रामरिझन यादव, रामचन्द्र झा र घनश्याम यादव लगायतका एनेकपा माओवादीका पूर्ब नेतागणको उपस्थिती रहने आयोजकले बताएको छ ।
आज संघीय मधेशी थरुहट संघर्ष समिती रुपन्देहीद्वारा धकधईमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्ब स्थानीय बिकास राज्य मंत्री घनश्याम यादवले डा. भट्टराई मधेश आन्दोलनको सहयात्रीको रुपमा देखिएकोले यसले मधेश आन्दोलनलाई बिशेष उर्जा दिने बताएका छन् ।
ब्यवस्थापिका संसद र एनेकपामाओवादीबाट बहिरगमन सँगै राजनैतिक बृत्तमा बिभिन्न आलोचना र समालोचनाको बावजूद पनि डा. भट्टराईको थरुहट–मधेशको बिरोधसभामा सम्बोधनलाई बिशेष चासो र महत्वका साथ चर्चा परिचर्चा छ ।
अधिकारका लागि जारी आन्दोलनमा चर्चित नेता डा.भट्टराईको सहभागिता बाट आन्दोलन अझ बढी उचाईमा पुग्ने संघिय मधेशी मोर्चाका रुपन्देहीका जिल्ला सयोजक देवेन्द्र पाण्डे (सागर) ले बताएका छन् । डा.भट्टराईको सो विरोध सभामा कम्तीमा पनि २० हजार जनता उतार्ने संयोजक पाण्डेको दाबी छ ।
बिरोधसभालाई सभ्य र ब्यवस्थित बनाउन राहुल निषादको नेतृत्वमा युवा परिचालन, सुनिल कौशलको नेतृत्वमा मंच ब्यवस्थापन, बिद्या यादवको नेतृत्वमा जनपरिचालन, जय प्रकास धवलको नेतृत्वमा जलपान ब्यवस्थापन, जय प्रकास यादव र योगेन्द्र चौधरीको नेतृत्वमा स्वागत, प्रदीप कुमार पाण्डे र प्रशान्त गुप्ताको नेतृत्वमा प्रचार–प्रसार तथा विजय सिंह चौधरीको नेतृत्वमा शहीद तथा धाईते सम्मान ब्यवस्थापन उपसमिति समेत गठन भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा मोर्चाका सहसंयोजक हीरा निषाद राहुल लगायतको उपस्थिती थियो ।

डा.भट्टराईले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment