दैलेखको शिरस्थान, नाभिस्थान, धुलेश्वर र पादुकामा पेट्रोलियम पदार्थ

आश्विन १६, २०७२- भारतको एक साता लामो अघोषित नाकाबन्दीका कारण यतिबेला मुलुकभर ग्यास हाहाकार छ । सडकमा सवारी चाप कम हुँदै गएका छन् । नेपालले भारतीय नाकाबन्दी भोग्नुपरेको यो पहिलोपल्ट भने होइन । यसअघि पनि घोषित/अघोषित भारतले नाकाबन्दी लगाएको इतिहास साक्षी छ । नाकाबन्दीबाट पाठ सिकेर विकल्प खोज्न नसक्दा जनताले पाउनुसम्म सास्ती पाएका छन् ।


दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दानबहादुर थापाले मुलुकभित्र ग्यास पाइने सम्भावित स्थानको गहन अनुसन्धान र उत्खनन हुनुपर्ने बताए ।

‘हामीकहाँ वर्षौंदेखि ग्यास बगेर, बलेर खेर गइरहेको छ । यहाँ आएर सबै नेता, कर्मचारीले अवलोकन गरी फर्किएका छन्’ उनले भने, उनीहरू नै सरकारमा छँदा, नीति निर्माण तहमा पुग्दा खानीका रूपमा विकास गर्न चासो दिँदैनन् । कम्तीमा गहिरो अनुसन्धान हुन सके उत्खनन गर्न बाटो खुल्थ्यो ।’ सरकारी उदासीनताका कारण पञ्चकोसी, ज्वाला क्षेत्रमा पाइने मूल्यवान ग्यास बलेर/बगेर गइरहेको हो । दुर्भाग्य, दर्शनार्थीले ग्यासलाई केवल पूजापाठका लागि प्रयोग गर्दै आएका छन् ।

दैलेखको शिरस्थान, नाभिस्थान, धुलेश्वर र पादुकामा पेट्रोलियम पदार्थ भएका थुपै्र प्रमाण छन् । धार्मिक र पर्यटकीय हिसाबले यी प्रख्यात स्थान हुन् । शिरस्थान मन्दिरका महन्त गार्कणनाथ योगी सदियौंदेखि यहाँ ज्वाला बलेको दाबी गर्छन् । नाभिस्थान खोलाको विभिन्न भागमा पानीको सतहमुनिबाट हावाको फोकाका रूपमा ग्यास निस्किरहेको देख्न सकिन्छ । त्यहाँका दुवै मन्दिरभित्र प्रज्ज्वलनशील ग्यास छ । वडलम्जीको धुलेश्वर डाँडामा पनि ग्यास पाइन्छ । पादुकास्थानका ४ मन्दिरमा प्रशस्त पेट्रोलियम नमुनाहरू रहेको अनुसन्धानबाटै पत्ता लागिसकेको छ ।

यहाँका ग्यास सम्भावित क्षेत्रमा पुर्खाहरूले देवीदेवताको नाउमा मन्दिर बनाई धार्मिक स्थलका रूपमा विकास गरे । दुल्लु नगरपालिका कर्मचारी डिलबहादुर विकले राज्यले माल पाएर पनि चाल नपाएको बताए । ‘हामीले बारम्बार नाकाबन्दीको समस्या झेल्नुपर्ने, सरकारले पेट्रोलियम पदार्थ महँगोमा किनी सस्तोमा बेचेर अर्बौं घाटा बेहोर्नुपर्छ । खेर गइरहेको ग्यासको अध्ययन, अनुसन्धानमा चासो दिन सक्नुपथ्र्यो । सम्भावना पहिल्याएर राज्यले मुलुकलाई समृद्धिको बाटोतर्फ डोर्‍याउनुपर्छ,’ उनले भने ।

पछिल्लो तथ्यांक हेर्दा ०६८ मा विज्ञहरू सम्मिलित संसद्को अर्थ र श्रम सम्बन्ध समितिले दैलेखका ग्यास सम्भावित क्षेत्रको अवलोकन गरेको थियो । संसदीय टोलीले ग्यासको नमुना संकलन गरी फर्किएको थियो । खानी तथा भूर्गभ विभागका अनुसार क्यानेडियन र चाइनिज कम्पनीको अनुसन्धानबाटै यहाँ ग्यास भएको पुष्टि भएको थियो । कहाँ, कति मात्रामा र त्यसको गहिराइ कति छ ? भन्नेबारे अझै यकिन हुन सकेको छैन । भौगर्भिक विज्ञका भनाइमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्य अति महँगो छ । सुरुमा ग्राभिटी सर्भे र भौगर्भिक अध्ययन गर्नुपर्छ ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment