नयाँ संविधानमा अन्तर्राष्ट्रिय सम्बन्धबारे के छ ब्यवस्था?

काठमाडौं: नयाँ संविधान घोषणा भएपछि त्यसको रेस्पोन्समा भारतले गरेको ब्यवहारबारे अहिले देशभित्र निकै बहस भइरहेको छ। भारतले नेपालमा संविधान जारी भएको 'नोट' गरेको जनाएको छ भने संयुक्त राष्ट्रसंघले 'जानकारी' मा आएको उल्लेख गरेको छ। संविधान जारी हुनु ठीक दुई दिनअघि विशेष दूत पठाएर प्रक्रिया रोक्न लबिङ गरेको भारतले संविधान घोषणा भएपछि पनि स्वागत गरेन। नेपाल अति कम विकसित देशमध्ये एक हो तर उसको विश्वका धेरै विकसित देशहरुसँग पनि दौत्य सम्बन्ध रहेको छ। यस्ता सम्बन्धहरु देशको संविधान अनुसार निर्धारित हुन्छन्। नेपालमा नयाँ संविधान बनेपछि अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि त्यसै अनुसार निर्धारित हुनेछन्। नयाँ संविधानमा  अन्तर्राष्ट्रिय  सम्बन्धबारे के छ त ब्यवस्था? असोज ३ गतेबाट लागू भएको नयाँ संविधानको धारा ५० को राज्यको निर्देशक सिद्धान्तमा उल्लेख छ 'नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तराष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ राज्यको अन्तराष्ट्रिय सम्बन्ध निर्देशित हुनेछन्। त्यस्तै संविधानको धारा ५१ मा राज्यका नीतिहरु रहेका छन्। यस्ता नीतिहरुमा राज्यको एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, राजनीतिक र शासन व्यवस्था सम्बन्धि नीति, अर्थ उद्योग वाणिज्य नीति लगायत शिक्षा, कृषिका नीतिबारे उल्लेख छ। सोही धाराको 'ड' मा अन्तराष्ट्रिय सम्बन्ध सम्बन्धी नीति रहेको छ। जसमा भनिएको छ - १. नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहदैँ संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त,अन्तराष्ट्रिय कानुन तथा विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने, २. विगतमा भएका सन्धिहरुको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरु गर्ने। त्यस्तै संविधानको २८२ मा राजदूत र विशेष प्रतिनिधिको व्यवस्था रहेको छ। जस अनुसार राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्त गर्न सक्ने व्यवस्था छ।   धारा २७९ मा भने राज्य पक्ष हुने चार वटा विषयमा भने सन्धि भएपछि संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको छ। जसमा शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सीमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड रहेका छन्। 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment