यस्तो छ राज्यमन्त्री गुरुङको घुस उठाउने अभियान


निःशुल्क भिसामा ११ लाख उठाएको आशंका
काठमाडौंः म्यानपावर संचालक राज्यमन्त्री टेकबहादुर गुरुङले पदबाट जाने बेलामा घुस उठाउने क्रमलाई तीव्रता दिएको तथ्य फेला परेको   छ ।

गुरुङको हिमाल जनशक्ति म्यानपावरले ११ लाख रुपैयाँ रकम असुली गरेको फेलापरेपछि इजरायलले नेपालबाट महिला कामदार लैजान बन्द गरेको थियो । निःशुल्क भिसामा ११ लाख रुपैयाँ प्रति महिला कामदार गुरुङको म्यानयावरले लिने गरेको थियो ।

राज्यमन्त्री गुरुङको आडमा बैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयका हरेक शाखामा कामदारसँग घुस नभई काम हुँदैन । ताहाचल कार्यालयका कर्मचारीहरुले घुस नभई पूर्वस्वीकृति, अन्तिम स्वीकृतिका काम नगरेको व्यवसायीहरुको दुुखेसो छ ।

बैदेशिक रोजगार विभागले गुनासो आएका ६१ वटा म्यानपावरको अनुगमन गरिसकेपछि राज्यमन्त्री गुरुङले अनुगमन रोक्ने र अनुगमन भइसकेकाहरुलाई थप कारबाही हुन नदिने भनी रकम संकलन गरेका छन् । म्यानपावर व्यवसाय नै गर्दै आएका राज्यमन्त्री गुरुङले सो क्षेत्रका केही व्यवसायीलाई नै अनुगमन रोक्ने सर्तमा आर्थिक संकलन गर्न खटाएका छन् ।

राज्यमन्त्रीले घुस संकलन गर्न खटाएका एसओएस म्यानपावरका संचालक हेम गुरुङले अनुगमन रोक्न प्रतिम्यानपावर ५ देखि १० लाख रुपैयाँ लिएको एक व्यवसायीले बताए ।

व्यवसायीका अनुसार अनुगमन रोक्ने सर्तमा हेम गुरुङले म्यानपावरहरुबाट एक करोड रुपैयाँ संकलन गरी मन्त्रीलाई बुझाइसकेका छन् ।

महाधिवेशन खर्च माथिसम्म बुझाउनुपर्छ भन्दै राज्यमन्त्री गुरुङले रकम संकलन गरेका छन् । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टका वाईबी राई मार्फत् पनि राज्यमन्त्री गुरुङले रकम संकलन गर्दैआएका छन् ।

राईले पनि म्यानपावर हेरी मन्त्रीका लागि महाधिवेशनमा केन्द्रीय सदस्य जिताउने भनेर समेत रकम असुली गरिरहेका छन् । म्यानपावर बजारतर्फका द रिभर ओभरसिजका रघु पुरीसमेत राज्यमन्त्रीको घुससंकलन गर्ने टोलीमा छन् ।

राज्यमन्त्री गुरुङको भृकृटीमण्डपको फनपार्कका एक कर्मचारी र कानुनी सल्लाहकार हुँ भन्ने नवकांग्रेसी केशव जोशी लगायतका केही घुमन्ते कांग्रेसको बिल्लाधारीहरुले पनि कार्यालय सहयोगीदेखि महानिर्देशक र सचिवसम्म हामीले भनेअनुसारको ल्याउन सक्छौं भन्दै म्यानपावरहरुलाई तर्साउँदै घुस संकलन गर्दैआएका छन् ।

राज्यमन्त्री गुरुङले आफ्नो घुस संकलन अभियानमा सहयोग गर्ने सचिव फेला नपारेपछि अहिलेसम्म निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठबाटै काम चलाउँदैआएका छन् ।

निमित्त सचिव भएकाले कानुन विपरीतका काम पनि राज्यमन्त्री गुरुङले श्रेष्ठबाट गराउँदैआएका छन् । जसका कारण उनलाई ऊर्जामन्त्री राधा ज्ञवाली जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको सिफारिस गर्ने अवस्था आइसकेको मन्त्रालयका एक अधिकारीले बताए । दृष्टिबाट

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment