हामी भन्दा २२ गुणा ठुलो देश भारतलाई गाली गर्नु भन्दा आफैलाई सुधार्न लाग्ने की ?

हामी सधै स्वतन्त्र र सर्वभौम राष्ट्र भन्दै गर्दा हामी माथी विविध खाले जटिल समस्या किन आईरहन्छ । हिजोको दिन नेपालले तिब्बत, भारत, चिन, बेलायत र अन्य विश्वका विभिन्न देशमा आफनौ दहे! शक्ति स्थापित गर्दै उपस्थिती जनाउथ्यो । आज किन दुर्दशा भोगिरहेको छ । किन राजनेता पाउदैन देशले अथावा चिन्न नसकेको हो नेपाली जनता ले ।


भारतले नेपाल विरुद्व तीनचोटी देखिने गरि नाकाबन्दी गरेको छ । त्यसबाहेक धेरैचोटी आइऔसीले तेल नदिएर दु:ख दिदै आएको छ । वि.स. २०६१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला भारतले नेपाल आउने पेट्रोलियम पदार्थमा उच्च कर लगाएर आयत ठप्प पारेको थियो । अहिले नया संविधान जारी गरेसंगै भारतले नेपाललाई अप्ठेरो पार्ने अस्त्रको रुपमा इन्धन आपुत्र्तिमा अवरोध रोजेको छ । भारतले २०४५ सालमा १३ महिना सम्म नेपाल विरुद्व नाकाबन्दी गरेको थियो । त्यो बेला प्रधानमन्त्री मरिचमान सिंहले सिगापुरबाट पेट्रोलियम पदार्थ ल्याएर नेपालीको गुजारा चलाउने प्रयास गरेका थिए । कहिले पैसा नबुझाएको निहुमा त कहिले असुरक्षाको कारण देखाउदै कयौ पटक तेल आयातमा अवरोध गरेको छ । हामी जस्तो मुलुकले पाउनुपर्ने पारवहन अधिकार मिच्दै भारतले गरेको नाकाबन्दी निन्दनीय छ । 

३० वर्ष अघि सम्म नेपालले प्रसोधनका लागि कच्चा तेल भारतलाई दिने गथ्र्याे । त्यस बेला भारतको तुलनामा नेपाललाई कच्चा तेल किन्न सस्तो हुन्थ्यो । टेण्डर गर्दा पनि हामी जस्ता मुलुकलाई उत्पादकले सस्तोमा तेल दिन्थे । पछि भारतले आफै कच्चा तेल किनेर नेपाललाई आवश्यक प्रसोधित तेल दिने बताएपछि परनिर्भता बढेको हो । अहिले सम्म चीनको खासा सम्म टयाड्डकर बाटै तेल आउछ । चीनले नेपालको माग अनुुसार तेल दिन पनि सक्छ । दक्षिणबाट पेट्रोलियम पदार्थ आपुर्तीमा अबरोध सिर्जना भएपछि, ढिलै भएपनि नेपालले उत्तरी नाकाको विकल्प सोच्न थालेको छ ।


तर, हामीमा आत्मनिर्भरता कहिले आउने हो, कहिले सम्म यो अवस्थामा गुर्जिनु पर्ने हो । हाम्रो देशमा विभिन्न देशबाट आएको सहयोग, रेमिटान्स कहाँ जान्छ । यसको हिसाव किताव जनताले खोज्ने बेला आएको छ । अव हामी पाटीको नेता होईन, जननेता चुनौ । कृषिजन्य उत्पादमा आत्मनिर्भर हुनको लागि सरकारलाई घचघचयाउ प्रयास गरौ अनि सिकाऔ । युवा स्वरोजगार कार्यक्रम वा सहकारीताको अवधारणा अनुसार टोल, समुदाय, समाज मेरै  हो मैले नगरे कसले गर्ने भावना जागृत गराओ । नाकी कुनै पाटीको भनेर नबुझौ । हाम्रो समुदायमा तमाम व्यक्तित्वहरु छौ जसले समाज परिवर्तन गर्न सक्छ । उसलाई अवसर दियौ र गर्नै प्रयास गरौ ।

 बिजुलीमा आत्मनिर्भर हुन प्रयास गर्न सकियो भने पनि तराई र पहाडका विभिन्न बजारमा विजुलीबाट चल्ने बस प्रयोगमा ल्याउन सकिन्छ । विजुली बाट चल्ने सवारी साधन भित्रयाएर अनुदानमै भए पनि जनतालाई प्रयोग गर्न बाध्य बनाउन सकिन्छ । त्यस्तै गरि सवारी साधनलाई बर्गिकरण गरि निश्चित दुरी मात्र हिडन मापदण्ड बनाउने बढि हिडेमा कर असुली गर्ने, सरकारी सवारीमा हिडने बानी बसाउने, पहाडी इलाकामा केवल कार निर्माणमा जोड दिने । यसो गरि इन्धन खपत कम गरि देशलाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउन सकिन्छ कि भन्ने लेखक लाई लागेको छ । भर्खरमात्र उपनिवेशबाट मुक्ति पाएको भारत र हामी भन्दा विभिन्न कान्छा राष्ट्रहरुले पनि छलाङ्ग मारेका विश्व परिस्थीतिमा, हामीले किन गर्न नसक्ने ?तेल मात्रै त हैन नी हामी भारत संग निर्भर भएको, अन्य पनि धैरै सामन छन । हाम्रो भन्ने के छ त ? हामी भन्दा २२ गुणा ठुलो देश भारतलाई गाली गर्नु भन्दा आफैलाई सुधार्न लाग्ने की ? दिग्दार
   


Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment