धम्की पनि के-के हो भन्या, नेपाल हाम्रो कि भारत को...read more


मधेस आन्दोलनमा नगए आक्रमण गर्ने भारतीयको धम्की


फोटो :भैरहवा नाकामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ता । तस्बिर : कृष्णप्रसाद ढकाल
इनरुवा : सुनसरीको सीमाना जोडिएको बिहारका भारतीयले तराई–मधेसमा जारी आन्दोलनमा सहभागी नभए घरैमा आएर आक्रमण गर्ने धम्की दिन थालेका छन् ।

 विहार राज्यको अररिया जिल्लाका भारतीय नागरिकहरु सुनसरीको दक्षिणी क्षेत्रका गाउँमा छिरेर नेपाली नागरिकलाई धम्क्याउन थालेका हुन् ।

 सुनसरीका दक्षिणी क्षेत्रका ग्रामीण बस्तीमा छिरेर भारतीयहरुले मधेस आन्दोलनमा सहभागी हुनउर्दी जारी गरेपछि सर्वसाधारण त्रसित भएको स्थानीय बासिन्दाले बताएका छन् ।

 मोर्चाका कार्यकर्ताहरुले आन्दोलनमा उपस्थित नहुनेहरुका घरमा आक्राणण गर्ने र बालीनाली मासिदिने धम्की दिन थालेपछि सर्वसाधारण थप आतंकित भएको सुनसरीको राजगञ्ज सिनवरी गाविस निवासी एमाले नेता महेश्वर यादवले जानकारी दिए ।

 मोर्चाकाका कार्यकर्ताहरुले आन्दोलनमा समर्थन नगर्ने र संविधानको सवागत गर्नेहरुका बालीनाली तथा रुख काटिदिन थालेपछि राजगन्ज सिनवारीका सर्वसाधारण आतंकित भएका छन् ।

 संविधान बनेपछि घरमा दीपावली गरी खुसियाली मनाएको रिसमा सुनसरीको राजगन्ज सिनुवारी गाविसका एमाले नेता महेश्वरप्रसाद यादवको जग्गाका दुई सय रुख मधेसी मोर्चाका कार्यकर्ताले काटिदिएपछि यस क्षेत्रका बासिन्दा आतंकित भएका छन् ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment