चीनसँग जोडिएको तातोपानी नाका खुल्यो : भारतलाई भटका

नेपाल बिरुद्ध नाकाबन्दी गर्ने भारतलाई गतिलो भटका : चीनसँग जोडिएको तातोपानी नाका खुल्यो : चिनियाँ सामग्री नेपाल आउँदै

काठमाण्डौ १६ असोज / लामो प्रयासपछि अन्ततः चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ ।भूकम्पपछिको पहिरोका कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका शुक्रबारबाट सञ्चालनमा आएको हो । सिन्धुपाल्चोकको बाह्बिसेदेखि मितेरी पुल सम्मको २९ किलोमिटर लामो कोदारी सडकमा रहेको करिब ८० प्रतिशत पहिरो हटाइएपछि नाका खुलेको हो ।नाका खुलेपछि बाह्बिसेदेखि मितेरी पुलसम्मको यातायात सूचारु भएको छ । डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर रामहरी पोखरेलले उक्त सडकमा हाल ठूला गाडि एकतर्फी चल्ने र साना गाडी दुईतर्फी नै चल्ने जानकारी दिनुभयो ।उहाँका अनुसार मालवाहक सवारी साधन भने एकहप्तापछि दुईतर्फी नै सञ्चालनमा आउने छन् । तातोपानी भन्सार कार्यालयका अनुसार भारतको अघोषित नाकाबन्दीलाई मध्यनजर गर्दै चीनले चाँडो भन्दा चाँडो अत्यावश्यक सामग्री ढुवानी गर्ने जनाएको छ । नाका खुलेपछि मालबाहक चिनियाँ सवारीहरु तयारी अवस्था रहेको बुझिएको छ ।भन्सार कार्यालयका अनुसार शनिबार विहानैदेखि चीनले मालबाहक सवारी नेपाल पठाउने जानकारी गराएको छ । तातोपानी नाका उत्तरी छिमेकी मुलुक चीनसँग व्यापारिक कारोवार हुने ठूलो नाका हो ।यस्तै, तातोपानी नाका खोल्न विहीबार मात्रै नेकपा एमालेको विद्यार्थी सँगठन अनेरास्ववियुको टोली तातोपानी आएको थियो । सय जनाको समुहमा आएका अनेरास्ववियुका विद्यार्थी टोलीको कडा श्रमदानमा तातोपानी खुलेको हो ।तातोपानी नाका खुलेपछि विद्यार्थी आजै राति काठमाडौं फर्किएको छ । अनेरास्ववियुका उपाध्यक्ष ऐन महरले तातोपानी नाका खुलाएर आफूहरु काठमाडौं फर्किएको जानकारी दिनुभयो ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment