नेपाल सामु भारत झुक्यो, चीनको नाका खुलेको खबर आए लगत्तै नाकाबन्दी खोल्ने तयारी

 नेपालीको दृढ अडानपछि भारत झुक्यो, चीनको नाका खुलेको खबर आए लगत्तै भारतीय गृहमन्त्रीले भने मोर्चालाई वार्तामा बस्न भनेका छौ

काठमाडौं । चीनतर्फको नाका खुले लगत्तै भारतीय गृहमन्त्री राजनाथसिंहले प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सिमानामा देखिएको समस्या समाधानको दिशातर्फ अघि बढ्न आग्रह गरेका छन् ।
नेपालले चीनसँगको तातोपानी नाका  खुलेको खबर आए लगत्तै भारतीय पक्षबाट यस्तो प्रतिक्रिया आएको हो । स्रोतका अनुसार भारतले आजभोलीमै नाका खोलि दिने संकेत गरेको एक मन्त्रीले बताए ।
प्रधानमन्त्री तथा ओलीसँगको टेलिफोन कुराकानीका क्रममा राजनाथले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे । भारतीय सञ्चारमाध्यमका अनुसार राजनाथले मधेसी मोर्चाका नेताहरुलाई हिंसा र आन्दोलन अन्त्य गरेर वार्तामा जान भनेको बताएका थिए ।
 टेलिफोन कुराकानीका क्रममा राजनाथले दुबै नेतालाई नेपाल र भारत युगौँदेखिको असल मित्र रहेको र सधैँ रहिरहने बताएका थिए ।नाकाबन्दीका विषयमा कुरा गर्न प्रधानमन्त्री शुशिल कोइरालाको बारम्वारको आग्रह अस्विकार गरेको भारत सरकारले चीनसँगको नाका खुलेको खबर आएसँगै आफनै समस्या हल गर्न अग्रसर भनि सकेको छ ।
भारत सरकारको दबाब आएसँगै मोर्चा लचिलो भएको छ । उसले पुर्व अडान छोड्ने संकेत देखाएको छ । वीरगन्ज रक्सौँल चेक प्वाइन्टमा अघोषित नाकाबन्दी सातौँ दिन पुग्दा काठमाडौँमा इन्धनको अभाव भएको छ । इन्धन अभावकै कारण विद्यालय, कलकारखाना लगायत थुप्रै क्षेत्र प्रभावित छन् ।
इन्धन अभावकै कारण नेपाल अस्पतालहरु समेत बन्द हुने अवस्थामा पुगिसकेका छन् भने अन्तर्राष्टिय उडानका लागि तेलको व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको छ । अभावकै बीच नेपालले तातोपानी नाका खुलाउने प्रयास थालेको छ ।
यहाँ नेपालमा सामान तथा इन्धन पठाउनका लागि ४ सय चिनियाँ टक लाईनमा छन् । यसअघि भूकम्पपछि आएको पहिरोका कारण यो नाका बन्द भएको थियो । naya khabar
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment