प्रधानमन्त्री निर्वाचन प्रक्रिया आरम्भ गर्न आजै आग्रह गर्ने

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका-संसदमा सम्वोधन गर्दै राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया आरम्भ गर्न आजै आग्रह गर्ने बताएका छन्। यस अघि बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार कोइराला राष्ट्रपति समक्ष सिफारिस गर्न जान लागेका हुन्।

संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक प्रधिनिधित्वको व्यवस्था गर्ने कुरालाई महसुस गरेर संशोधन प्रस्ताव ल्याएको बताए। मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयक पेश गर्न कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।

तराई मधेसमा भइरहेको आन्दोलनले देश निकै कठिन मोडमा आइपुगेको उनले बताए। 'नेपाली जनता निकै कष्टकर जीवन बिताउँदैछन्। स्कुल कलेज, उद्योगधन्दा, यातायात, सञ्चारगृहहरु सबै प्रभावित भएका छन्। हाम्रो सामाजिक जीवनमा असहज हुने अवस्था नबनोस्' कोइरालाले भने।

सीमा क्षेत्रमा हुने पारवहनमा कुनै किसिमको ढिलाई हुन नदिन भारत सरकारलाई आग्रह आग्रह गरे।

मधेसमा आन्दोलनरत पक्षसँग वार्ताका लागि घाइतेलाई उपचारसको व्यवस्था, मृतक परिवारलाई क्षतिपूर्ति, गम्भीर प्रकृतिकाबाहेक अन्य मुद्दा मुद्दा फिर्ता लिने काम सरकारबाट भएको कोइरालाले बताए।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment