आफुलाइ मन् परेको vedio को बनाउनुस् profile picture read more

अब भिडियोलाई नै बनाउन सकिन्छ फेसबुकको प्रोफाइल पिक्चर
पछिल्लो समय भिडियो सेवालाई बढि प्राथमिकता दिएको दुनियाको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर थप गरेको छ ।

 फेसबुकको यो नयाँ फिचर अनुसार अब भिडियोलाई नै आफ्नो प्रोफाइल पिक्चर समेत बनाउन सकिनेछ । फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि प्रोफाइलको रि डिजाइन गरेको हो । जस अनुसार ७ सेकेण्ड लामो भिडियो तथा आफ्नो एनिमेटेड तस्वीरलाई समेत प्रोफाइल पिक्चर बनाउन सकिनेछ । त्यसका साथै फेसबुकले अस्थायी प्रोफाइल पिक्चरको फिचर पनि थप गरेको छ । जस अनुसार प्रयोगकर्ताले निश्चित समयसम्मका लागि आफ्नो कुनै तस्वीर वा भिडियोलाई अस्थायी प्रोफाइल पिक्चर बनाउन सक्नेछन् जुन उक्त समयपछि आफै हट्नेछ र पूरानै प्रोफाइल पिक्चर देखिनेछ । यो फिचर खासगरी फेसबुक प्रयोगकर्तालाई आफ्नो जन्मदिन तथा विदाको दिन फेसबुक मार्फत मनाउन उपयोगी हुनेछ । त्यसका साथै अब प्रोफाइल पिक्चरको माथि पट्टि आफ्नो बारेमा वा आफुले चाहेको केही कुरा लेख्न सकिने समेत भएको छ । यसरी प्रोफाइल पिक्चरको माथिपट्टि नै आफ्नो संक्षिप्त परिचय लेखिएमा मानिसहरुलाई कुनै व्यक्तिको बारेमा बुझ्नका लागि प्रोफाइलको अबाउट अप्सनमा क्लिक गरिरहनुपर्ने छैन । यसका लागि फेसबुकले प्रोफाइलमा बायो फिल्ड थप गरेको छ । साथै फेसबुकले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि मोबाइलकेन्द्रित डिजाइनका साथ प्रोफाइल तस्वीरलाई ठूलो आकारमा बीचमै देखिने बनाउनुका साथै फोटो तथा फेसबुके साथीको सूचिका लागि ठूलो ठाउँ छुट्टाएको छ । प्रोफाइल पिक्चरमा भिडियो अपलोड गर्नका लागि प्रोफाइल पिक्चरमा रहेको रेकर्ड बटन थिचेर ७ सेकेण्ड सम्मको आफ्नो भिडियो खिच्नुपर्नेछ । यो भिडियो क्लिक नगरिएसम्म आवाज विना नै अटोप्ले भैरहेको हुनेछ । फेसबुकले सुरु गरेको अर्को नयाँ फिचर हो, फिचर्ड फोटो । जस अनुसार तपाइँले आफ्नो फेसबुकमा रहेका मध्ये पाँच वटा तस्वीरहरु छान्न सक्नुहुनेछ जुन तपाइँको प्रोफाइलको सबैभन्दा माथि देखिनेछन् । पछिल्लो समय फेसबुकले साइटलाई बढि जिवन्त बनाउन तथा अन्य प्रतिस्पर्धी सोसल साइटहरुको चुनौति सामना गर्नका लागि भिडियो फिचरमा जोड दिएको छ । अटोप्लेइङ भिडियो फिचरको लोकप्रियताबाटट हौसिएको फेसबुकले ३६० डिग्री भिडियो फिचर सुरु गरेको थियो । यसका साथै फेसबुकले एक नयाँ तथ्यांक पनि सार्वज्निक गरेको छ । तथ्यांक अनुसार हरेक दिन ४ अर्ब पटक फेसबुक प्रोफाइल हेर्ने गरिएको छ । पछिल्लो एक वर्षमा फेसबुकमा दैनिक भिडियो हेर्नेको संख्या चार गुणाले बढेर दैनिक ४ अर्ब पुगेको छ ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment