सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी- लिम्बुवान

 १६ असोज – सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले शनिबार सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ ।
पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा गाडेको हो । यस अघी पार्टीले सुनसरीको धरान स्थित भानुचौकमा झण्डा गाडेको थियो ।अरुणपुर्वको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्य घोषणा गरीनु पर्ने माग गर्दै बिभिन्न चरणबद्ध आन्दोलन समेत गर्दै आएको पार्टीले शनिवार लिम्बुवान सडक कब्जा अन्तरगत सुनसरीको इटहरीमा झण्डा गाडेको सो पार्टीले जनाएको छ ।इटहरीमा मात्रै नभएर लिम्बुवान क्षेत्र सबै जिल्लाहरुमा पार्टीको झण्डा रहने संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले बताए । उन्ले सुनसरी , मोरङ्ग , र झापा लिम्बुवान राज्यभित्र पर्ने हुदा यि तिन जिल्लालाई अलग्याउने कोशिस गरे सरकार बिरुद्ध बिद्रोह गर्ने चेतावनी समेत दिएका छन ।  तेज बन / इटहरी 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment