नाकाबन्दीलाई समर्थन गर्ने थारु गद्दार हुन् : शान्ता चौधरी

नेपाललाई भारतले अघोषित नाकाबन्दी लगाएको छ। आन्दोलन गरिरहेका छौं भन्ने केही राजनीतिक दलका सीमित नेता र कार्यकर्ताहरुको धर्नाको बहानामा भारतले नाकाबन्दी लगाएको हो। आफ्नो देशका जनतालाई भोकै मार्न भारतलाई सघाउने कस्ता राजनीतिक दल हुन्? कस्ता राजनीतिक नेता हुन्? उनीहरुले भोलि चुनाव लड्न पर्दैन? जनतामा जान पर्दैन? देश र जनतालाई बरबाद बनाएर उनीहरुले कस्तो राजनीति गरिरहेका छन्? उनीहरुले आफूलाई सच्याउन जरुरी छ।

आफूलाई थारु नेता भन्ने, थारुको नाममा पार्टी चलाउनेहरुले पनि नाकाबन्दीको समर्थनमा जनता छन् भन्नु हासोलाग्दो कुरा हो। नाकाबन्दीको समर्थन गर्ने काम जनताले गर्छ? भारतले लगाएको नाकाबन्दीको समर्थन गर्ने थारु जनता उनीहरुले कहाँ देखे? कहाँको थारु जनताको कुरा गर्दैछन् उनीहरु? थारु या मधेसी समुदायका जनताले मात्र होइन, कोही पनि नेपाली जनताले आफ्नो देशलाई नाकाबन्दी गरिँदा समर्थन गर्न सक्दैन।

नाकाबन्दीलाई थारुले समर्थन गरेका छन् भनेर उनीहरुले थारु समुदायप्रति नै गद्दारी गरेका छन्। जनताको नाम जपेर आफूले जे गरे पनि हुन्छ, देश बरबाद पार्न विदेशी गुहारे पनि हुन्छ भन्नु देश र जनताप्रति अपराध हो। यस्तो अपराध कसैले गर्न हुँदैन।

देशलाई संकटमा फसाएर कस्तो राजनीति गर्न खोजिएको हो? उनीहरुले अब स्पष्ट पार्न जरुरी छ। जनता उठेर यस्ता आन्दोलनकारी नेताहरुलाई तिमीले देश बरबाद पारेर, जनतालाई भोकै मारेर के गर्न खोजेको हो भनेर सोध्नुपर्छ। थारु समुदायको समेत नाम बेचेर सीमित दलका सीमित कार्यकर्ताले चलाएको आन्दोलनलाई समर्थन दिएर भारतले ठूलो गल्ती गरेको छ, थारु समुदायको विश्वाश गुमाएको छ।

अब नेपाल र भारतको सम्बन्ध बिग्रन दिनु हुँदैन। आन्दोलनको नाममा नेपाल-भारत सम्बन्ध बिगार्ने धेरै देखा परेका छन्। जनताले नै नाकाबन्दी गरेका हुन् भन्ने नेताहरुले नेपाली जनताको प्रतिनिधित्व गर्दैनन् भन्ने भारतले बुझ्न जरुरी छ। नाकाबन्दीको समर्थन गरेपछि र नाकाबन्दी लगाउन भारतलाई सहयोग गरेपछि आन्दोलनकारी नेताहरुले अलिअलि भएको जनविश्वाश पनि गुमाइसकेका छन्। अब भारतले नेपालको बास्तविकता बुझ्ने र कूटनीतिक सम्बन्ध सुधार्ने काम गर्नुपर्छ। आन्दोलनकारी दलहरुले पनि सहमति गरेर अगाडि बढ्नुपर्छ। यसरी जनतालाई दुःख दिने र देश बरबाद पार्ने काम कसैले गर्न हुँदैन।
 देशलाई विपतमा फसाइएको बेला जनता एकजुट भएर अगाडि बढ्नुपर्छ।

-शान्ता चौधरीको फेसबुकबाट

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment