सरकारद्वारा जोर विजोर प्रणाली लागू , पेट्रोल डिजल लुकाएको भेटिए कडा कारवाही गर्ने

सरकारद्वारा जोर विजोर प्रणाली लागू , पेट्रोल डिजल लुकाएको भेटिए कडा कारवाही गर्ने
 
काठमाडौं, असोज ९ - सरकारले आइतरबादेखि जोर विजोर नम्बरको आधारमा गाडी चलाउन सबैलाई आग्रह गरेको छ । भारतले अघोषित नाकाबन्दी गर्दै नेपाललाई इन्धन नदिएपछि मितव्ययी तरिकाले अघि बढ्न सरकारले सबैलाई आग्रह गरेको हो ।

गृह मन्त्रालयले यातायात व्यवस्था विभागसँग छलफल गरेर आइतबारदेखि गतेको आधारमा जोर विजोर नम्बरको गाडी चलाउन सबैलाई आग्रह गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार आइतबार १० गते भएकाले जोर नम्बरका गाडी चल्न दिइनेछ । यात्रु बोक्ने गाडीलाई जोर विजोरको व्यवस्था गरेपनि एम्बुलेन्स, शववाहन, तरकारी, दूधलगायतका अत्यावसेक सेवा संचालन गर्ने गाडीलाई भने निर्वाध रुपमा चल्न दिने ढकालले बताउनुभयो ।

पेट्रोल डिजल लुकाएको भेटिए कडा कारवाही गर्ने

यसैगरी कुनै व्यवसायीले पेट्रोल डिजेल लुकाएको भेटिए सरकारले कडा कारवाही गर्ने निर्णय पनि गरेको छ । त्यसको लागि अनुगमन गर्ने सरकारको तयारी छ ।

नेपालमा नयाँ संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतले तराईका केही ठाउँमा भैरहेको आन्दोलनलाई कारण देखाएर सीमा नाका ठप्प पारेको हो । आयात कम भएपछि बजारमा इन्धनसहित दैनिक उपभोग्य वस्तुको आपूर्ति र वितरण प्रभावित भएको छ ।

इन्धनको आपूर्ति प्रभावित भएकाले चाहिने भन्दा बढी जोहो नगर्न नेपाल आयल निगमले आग्रह गरेको छ । निगमका प्रवक्ता दीपक बरालले अनावश्यक जोहो नगर्न, हिँडेर पुग्न सम्भव भएका ठाउँमा गाडी नचढ्न र चढ्नै परे सकेसम्म सार्वजनिक गाडी चढ्न पनि उहाँको अनुरोध गरेको छ ।

भारतले अघोषित नाकाबन्दी गरेपछि निगमले इन्धनको व्यवस्थापन गरी जति सक्दो लामो समयसम्म माग पुर्‍याउने तयारीसमेत गरेको छ । सरकारले यसबारे अन्तर्राष्ट्रिय संघसंस्थालाई जानकारी गराउने तयारी पनि गरेको छ । राजनीतिक र कुटनीतिक माध्यमबाट समस्या समाधान गर्ने प्रयास भैरहेको सरकारले जनाएको छ ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment