भारतीय पत्रिकाको सनसनीपूर्ण खुलासाः मधेसलाई अलग राष्ट्र बनाएर ‘भारतमा गाभ्ने’ बाचा


'अलग राष्ट्र बनाउन मधेसी राष्ट्रगान र राष्ट्रध्वज तयार'
काठमाडौं, ५ असोज । नेपालको संविधान बनेदेखि रिसाइरहेको भारतले नाकाबन्दी गर्ने धम्की दिइरहेका बेला एक प्रमुख भारतीय पत्रिकाले सनसनीपूर्ण खुलासा गरेको छ ।

भारतकै चर्चित पत्रिका अमर उजालाले नेपालको मधेस आन्दोलनबारे विवादास्पद समाचार प्रकाशित गर्दै आन्दोलनको औचित्य प्रष्ट पारेको हो । भारतीय पत्रिकामा प्रकाशित समाचारलाई संक्षेपमा बुझ्दा मधेस आन्दोलनका नेतृत्वकर्ताहरुले मधेसलाई अलग राष्ट्र बनाउन भारतबाट सहयोग मागेका छन् । भारतीय नेतासँग पछि मधेसलाई भारतमा ‘गाभ्ने’ बाचा गरेर मधेस आन्दोलनमा भारतको सहयोग मागेका हुन् ।

मधेसी नेताहरुले मागेको सहयोगका आधारमा अहिले भारतले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गरेर चेतावनी दिन थालेको छ । संविधान जारी भएपछि २४ घण्टामा दुई दुई वटा विज्ञप्ती जारी गर्दै भारतले चेतावनीदेखि नाकाबन्दीको धम्की सम्म दिएको छ । यसले के प्रष्ट पार्छ भने मधेसी नेताकै बाचा अनुसार भारतले नेपालमाथि दबाब सिर्जना गरेको हो ।

यस्तो भारतीय पत्रिकामा प्रकाशित भएको समाचार :

नेपालमा मधेसी राष्ट्र निर्माणको माग जोरदार उठिरहेको छ । एक संगठनले यसका लागि रणनीति पनि बनाई सकेको छ ।

नेपालका २२ जिल्लामा आन्दोलन चलिरहेको छ । आम नागरिकलाई यो आन्दोलनसँग जोड्न मधेसी राष्ट्रगान र राष्ट्रध्वज प्रस्तावित स्वरुप पनि संगठनले तयार पारेको छ ।

यति मात्रै होइन, मधेसलाई देशबाटै अलग राष्ट्र बनाउन नक्सा पनि जारी गरिएको छ । प्रथम चरणमा आन्दोलनकारीहरु गोष्ठी सभा र शान्तिपूर्ण धर्ना प्रदर्शनबाट आन्दोलनलाई तेज बनाइरहेका छन् ।

आन्दोलन अमेरिकाबाट फर्किएका एक वैज्ञानिकको नेतृत्वमा सञ्चालन गरिएको छ । नेपालमा माओवादी जनयुद्ध सकिएपछि नेपाल सरकार सामु अब मधेस राष्ट्र निर्माणको आवाज बुलन्द हुन थालेको छ ।

‘मधेस राष्ट्र निर्माण’का लागि स्वतन्त्र मधेस गठबन्धन नामक संगठन सक्रिय भएर लागेको छ । नेपालका लगभग सवा करोड मधेसी जनतालाई एकजुट गर्ने दिशामा संगठनले काम गरिरहेको छ ।

amar-ujalaमधेसीहरु भन्छन् कि पूर्व मेचीदेखि पश्चिम राप्ती नदीसम्मको भूभाग मधेसीको नाममा थियो । संगठनका केन्द्रीय प्रवक्ता अब्दुल खान भन्छन् – ‘सन १८१६ मा मधेसलाई इण्ड इण्डिया कम्पनीले नेपालका राजालाई दुई लाख रुपैयाँमा बेचेका थिए ।’

यो सम्झौता अंग्रेजी अधिकारी रेजिडेन्ट एडवर्ड गार्डनर र जी वेल्सेईको रहोवरमा भएको केन्द्रीय प्रवक्ता खानले बताए । त्यसपछि इस्ट इण्डिया कम्पनीले राप्तीदेखि महाकाली नदीसम्मको भूभाग सहयोग स्वरुप नेपाललाई दिएको थियो ।

अब्दुल खान भन्छन् – ‘मधेसी उत्पीडन र रंगभेदीविरुद्ध नेपालवासी चन्द्रकान्त(सीके) राउतको अगुवाईमा आन्दोलन चलिरहेको छ ।’ डा. राउत अमेरिकाका वैज्ञानिक थिए र उनी मधेस आन्दोलनको नेतृत्व गर्न नेपाल फर्किए ।

मधेसी नेताहरुले महात्मा गान्धिलाई राष्ट्रपिता मानेका छन् । सबै काम गान्धिकै लाईनमा गरिरहेका छन् ।

भारतबाट सहयोगको हकदार

मधेस आन्दोलनकारीले भारतसँग वाचा गरेका छन् । उनी भन्छन् – ‘भारतकै सिफारिसमा नेपाललाई संयुक्त राष्ट्रमा सहभागी गराइएको हो । यस्तो भारतले मधेस आन्दोलनलाई सहयोग गर्नु स्वभाविकै हो । र अब नेपाल सरकारलाई भारतले तिव्र दबाब दिनुपर्छ । यसका लागि भारतले नेपालमा राजनीतिक दललाई चेतावनी दिएरै पत्र लेख्नुपर्छ ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

1 comments: