राप्तीपारीका नागरिक भारतीय फोन प्रयोग गर्न बाध्य ...

कोहलपुर- राप्तीपारीका वैजापुर, विनौना र फत्तेपुर गाविसबाहेक छ गाविसका नागरिक भारतीय फोन प्रयोग गर्न बाध्य छन्। उनीहरु आफन्तसंग कुराकानी गर्न भारतीय मोवाइल सिमको भर पर्नु पर्छ।
 राप्तीपारी छ गाविस (वैजापुर,विनौना, फत्तेपुर बाहेक)मा मोबाईल सेवा उपलब्ध गराउँन नेपाल टेलिकमले मटैहिया–६ मा राखेको मुख्य टावरले काम नगर्दा हजारौ सेवाग्राही भारतीय फोन सेवा प्रयोग गर्न बाध्य छन्।
सोलार पावरबाट चल्ने बिटीएस टावर घाम नलाग्दा र साँझपरेपछि काम गर्न बन्द हुन्छ। लक्ष्मणपुर, गंगापुर, नरैनापुरमा राखेको सहायक बिटिएस टावरले समेत काम गर्दैनन्। जसको कारण ती गाविसका नागरिक भारतीय फोन प्रयोग गर्छन्। मटैहिया, लक्ष्मणपुर, गंगापुर, नरैनापुर, कटकुईया र कालाफाँटा गाविसका नागरिक नेपालीभन्दा भारतीय मोबाईल सेवा प्रयोग गर्दै आएका हुन्। नेपाल टेलिकम र एनसेल कम्पनीले मटैहिया, गंगापुर, नरैनापुर र लक्ष्मणपुरमा बिटिएस टावर राखेका छन्। सोलारबाट सञ्चालन हुने टावर प्रायः काम नगर्ने स्थानीयको गुनासो छ। कटकुईया–३ का कलई यावदले नमस्ते, स्काई र एनसेलको सिमले काम नगर्दा भारतीय एर्टलको सिम प्रयोग गर्दै आएको बताए। Copied Nagrik News
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment