एक रुपैयाँ ठग्दा पाँच हजार जरिवाना


६ असोज, काठमाडौं । सोमबार बिहान ललितपुर पुल्चोकबाट एकजना यात्रु टेम्पोमा चढेर मिनभवनस्थित यातायात व्यवस्था विभाग कार्यालय अगाडि ओर्लिए । चालकले उनीसँग भाडाबापत १८ रुपैयाँ मागे ।

यात्रुले पुल्चोकबाट मिनभवनको जम्मा दूरी ३.९ किलोमिटर मात्र रहेको र सरकारी नियमअनुसार भाडा जम्मा १३ रुपैयाँ मात्र रहेको बताए । तर, चालकले मानेन् ।

त्यसपछि ती यात्रुले आफ्नो परिचयपत्र देखाउँदै यातायात व्यवस्था विभाग अनुगमन महाशाखा प्रमुख बसन्त अधिकारीको परिचय दिए । नजिकैका ट्राफिक प्रहरी बोलाए र चालकलाई तत्कालै नियमविपरीत बढी भाडा असुलेकोमा पाँच हजार जरिवाना तिराईहाले ।

सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासोपछि छड्के अनुगमनमा निस्केका अधिकारीसहित अनुगमन टोलीले उक्त टेम्पोचालकलाई मात्र नभई एक सातायता तीन सय ५० भन्दा बढी सवारीचालकलाई कारबाही गरिसकेको नागरिक दैनिकमा खबर छ ।

कारबाहीमा परेका सबैलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अधिकतम कारबाही स्वरुप पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment