|
बदलिएका मानिसहरु हुन् कि प्रचण्ड
प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रसंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्डै प्रचण्ड छन् । सबको मुखमा प्रचण्ड छन् । बोलीमा छन् । लवजमा छन् । मायामा छन् । गालीमा छन् ।
मानिसहरु भन्छन्, ‘प्रचण्ड बदलिइरहन्छन् ।’ मलाई सोध्न मन छ, ‘बदलिएका मानिसहरु हुन् कि प्रचण्ड ?’ उही मानिस अघिल्लो दिन वा साल प्रचण्डलाई गाली गरिरहेको देख्छु । उही मानिस पछिल्लो दिन या साल प्रचण्डको प्रसंसा गरिरहेको भेट्छु । म भ्रममा छु– बदलिइरहने मानिसहरु हुन कि प्रचण्ड ? कि दुवै ?

संविधान जारी भएको भोलिपल्ट एकाविहानै कार्यालय हानिदैँथिएँ । नजिकैका एक साथी चिया पसलबाट कराए । रोकिएँ । र, चिया पिउन थालेँ । अर्को पसलका दाजु कुचो लगाउँदै आइपुगे । कुरो चल्दै थियो, संविधानको । होइन, प्रचण्डको चल्यो । को बन्ला राष्ट्रपति ? को बन्ला प्रधानमन्त्री ? म अन्जान झैं कुरा सुन्दैथिएँ । अर्का दाजु आइपुगे । चिया पसले दाजुले प्रचण्डलाई ‘राष्ट्रपति हुनुपर्ने’ भने । कुचो लाउँदै गरेका दाजुले नकारे । भने, ‘हुँदैन । त्यो काम नलाग्ने पदमा प्रचण्डलाई किन पठाउने ?’ अर्को दाजु बोले, ‘नेताचाहीँ प्रचण्ड हो के, राष्ट्रपति या पधानमन्त्री जे बनाए नि सुहाउँछ । ज्यानै सुहाउने –संविधान उसैले बनायो ।’ उनीहरुको आशय थियो– संविधान ‘प्रचण्ड अडान’ले बनेको हो । प्रचण्ड जतै फिट खाने नेता हुन् ।
करिब एक महिनाअघि प्रचण्डको नाम लिन डराउनुपथ्र्यो । कसैले चिया पसलमा माओवादीलाई गाली गरिरहँदा स्वयं माओवादी भएर पनि गाली थपिदिएर हिँडेमात्रै छुट पाइन्थ्यो । संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको माओवादी एकाएक लोकप्रियताको शिखरमा छ । प्रचण्ड त्यो शिखरको टुप्पोमा मोहनी हाँसो हाँसिरहेका छन् ।यो आजको सत्य हो ।
प्रचण्ड, आफैमा एउटा प्रवृत्ति हो । प्रचण्ड, पहलकदमी हो । प्रचण्ड, आन्दोलन हो । प्रचण्डमाथिका परिभाषा अनेकन छन् । कोही भन्छन्– उनी ‘अद्भूत’ हुन् । कोही भन्छन्– उनी ‘केही’ होइनन् । कोही उनलाई ‘बैद्य र बाबुराम जुधाएर खाइपाइ आएका चतुर’ भन्छन् । कोही भन्छन् ‘बाबुराम र बैद्यजस्तालाई सँगै लिएर हिँडेका अद्भूत ।’प्रचण्ड बुझिनसक्नुका छन् ।
केही बुझ्नेहरुले भन्छन्, ‘स्वनिर्णय गरेको बेला प्रचण्ड हावी हुन्छन् । जब परिबन्दमा निर्णय गर्छन् तब प्रचण्ड फस्छन् ।’ प्रचण्डले ‘निराश’ माओवादी कार्यकर्तालाई भन्थे –माओवादी अब १० वर्ष राजनीतिको केन्द्रमा हुन्छ । हामीलाई भर लाग्दैनथ्यो । अरुलाई ‘इस’ लाग्थ्यो । उनले त्यो सम्भव छ भन्ने कुरा फेरि एक पटक देखाएका छन् ।
Prachanda 1प्रचण्डमाथि ‘बदलिइरहने’ ‘अस्थिर भइरहने’ आरोप लाग्छ । मेरो जबर्जस्त तर्क छ– उनी ‘स्थिर’ र ‘धिर’ नेता हुन्
संविधान निर्माणबारे प्रचण्डमाथि झिना आरोप छन्–उनले वर्ग छोडे । वर्गका मुद्दा छोडे । उनी कति ‘सतर्क’ छन् ? थाहा छैन । उनका तर्क छन्– यसपालि गक्षअनुसार पाउने यत्ति हो ।
प्रचण्ड हारेर जित्न सक्छन् । यसपालि संविधान निर्माणमा उनले जिते । उनी ‘जित्न र हार्न’ दुवैमा सिपालु छन् । यसबीच पार्टी फुटका चोटहरु बेहोरे ।
जब प्रचण्ड खुल्ला राजनीतिको मूलधारमा आए तब प्रचण्डका निर्णयहरुमा मुलुक हिँडेको छ । उनले उठान गरेका एजेण्डाहरुको निरन्तर बहस र कार्यान्वयनमा देश बहेको छ ।
हिलो संविधानसभाको चुनावयता देशका ठुला निर्णयहरुमा प्रचण्ड हावी छन् । सेना समायोजन, शान्तिप्रक्रिया, दोस्रो संविधानसभाको चुनाव र नयाँ संविधान निर्माणमा प्रचण्डको ‘बोल्ड’ निर्णयले काम गरेको छ ।
प्रचण्डमाथि ‘बदलिइरहने’ ‘अस्थिर भइरहने’ आरोप लाग्छ । मेरो जबर्जस्त तर्क छ– उनी ‘स्थिर’ र ‘धिर’ नेता हुन् । केही उदाहरणहरु हेर्न सक्छौं ।
आफ्नो पार्टी फुट्ने उनलाई थाहा थियो तर सेना समायोजन तथा शान्तिप्रक्रिया टुङ्ग्याए । चुनावमा के हुन्छ ? थाहा थिएन । तर, अर्काको सरकार बनाएर देशलाई दोस्रो संविधानसभाको चुनावमा होमे । र, राजनीतिकरुपमा गति दिए ।
उनी आफै पराजित भए । तर, डराएनन् ।
अहिले आफ्नै पार्टी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ असहमत हुँदाहुँदै संविधान निर्माणको निर्णयमा पुगे । उनीमाथि पार्टीभित्रकै मुख्य नेता र भारतीय पक्षको ठुलो दबाब थियो । तर, उनले टेरेनन् ।
प्रचण्ड के बोल्छन् ? होइन के गर्छन् ? भनेर हे¥यौं भने दृढ प्रचण्ड भेटिन्छन् । बरु सत्य के हो भने प्रचण्ड परिस्थितिको द्रूत गतिमा आँकलन गर्ने खुबी भएका नेता हुन् । उनी त्यो गतिमा हुँदा अरुले भेउसमेत पाउन्नन् अनि उनीमाथि ‘अस्थिरता’को आरोप लाग्छ ।
अँ त, सन्दर्भ प्रचण्डको चर्चाको भन्दा पनि चुनौतिको हो । प्रचण्ड अहिले हावी छन् । उनले संविधान निर्माणमा नसमेटिएका केही विषयबारेमा बोलिसकेका छन् । मधेसी, जनजाति, थारु, महिला र शासकीय स्वरुपबारे अबका एजेण्डा बनाउलान् नै । प्रचण्ड जति चर्चामा छन् उति नै उनीमाथि चुनौति पनि छन् । ती चुनौतिहरुलाई प्रचण्डले कसरी नेतृत्व गर्छन् भन्ने कुराले प्रचण्डको लोकप्रियताको शिखरको नापोजाँचो गर्नेछ ।
१.पार्टी निर्माण
खासमा एकीकृत नेकपा माओवादी नाम मात्रै हो । आज यो पार्टी पार्टीको रुपमा छैन । पेरिसडाँडामा ‘साइनबोर्ड’ र निर्वाचन आयोगमा ‘दर्ता’बाहेक अरु एमाओवादीको नाममा केही छ भन्नु आत्मरति मात्रै हो । यस्तो नाम मात्रै भएको एमाओवादीलाई पुनर्निर्माण गर्न सक्छन् या सक्दैनन् ? अर्का नेता बाबुराम भट्टराईको नयाँ शक्तिको अवधारणाले पार्टी बन्छ या अरु केही हुन्छ ? प्रचण्डमाथि आजको युगसापेक्ष कम्युनिष्ट पार्टी बनाउने चुनौति छ ।
२. वर्गीय मुद्दा
जुन जुन एजेण्डा बोकेर एमाओवादीले जनयुद्ध या संविधानसभा लड्यो, ती सबै एजेण्डा नयाँ संविधानमा सम्बोधन भएका छैनन् । सोही कारण अहिले प्रचण्डमाथि वर्गीय मुद्दा छाडेको आरोप छ ।
प्रचण्ड यसैमा रमाएर बस्छन् या सम्बोधन हुन बाँकी वर्गीय मुद्दा उठाएर थप उपलब्धिका लागि योजनाबद्ध लड्छन् । यो प्रचण्डको अर्को चुनौति हो । थप वर्गीय मुद्दा उठाउँदा मध्यम वर्गले उनका मुद्दा स्विकार्छ कि स्विकार्दैन ? वा भनौँ स्विकार्न प्रचण्डले के त्यस्तो योजना ल्याउँछन् ?
लोकतान्त्रिक राजनीतिमा आएको एमाओवादीलाई कुनै एउटा वर्गलाई मात्रै सम्बोधन गर्ने छुट छैन । वर्गीय पक्षधरता पनि लिने र अर्को वर्गलाई पनि सँगै लिएर जाने बाटो त्यति सहज छैन ।
३. होइन तर हो
यो मुख्य चुनौति ‘होइन’ तर ‘हो’ । उनका पारिवारिक, जीवनशैलि र कार्यशैली देखाएर विरोधीहरुले जहिल्यै खुइल्याउने गर्छन् । सत्य के हो ? पार्टी नेता तथा कार्यकर्तालाई थाहा भए पनि आम मानिसलाई थाहा हुन्छ भन्ने हुँदैन ।
राजनीतिमा देखिने कुरा र नदेखिने कुरा दुवैले कहिलेकाहीँ समान अर्थ र महत्व बोकेका हुन्छन् । यहाँ यसोउसो भनिरहनुभन्दा पनि माथिका कुराहरुमा प्रश्न उठ्न दिनुहुँदैन ।
प्रचण्ड प्रायः एक्लै दौडिरहेका हुन्छन् । ‘एक्लै’ दौडने तरीकालाई बदलेर ‘टीमबद्ध’ दौडने बनाउन जरुरी छ । उनको राजनीतिक दैनिकी यति भद्रगोल छ कि त्यसले इमान्दार मानिसहरुलाई वाक्क बनाउँछ । यसलाई उनले निर्ममतापूर्वक बदल्नुपर्छ ।
ओली, कोइराला या सिटौलाले प्रचण्डको साहसमाथि सधैं सकारात्मक बोलिरहन सक्दैनन् । यो राजनीतिक मान्यताविपरीत कुरा हो । उनले अबका केही दिनमा प्रचण्डविरुद्ध धुँवादार बोल्न थाल्नुपर्छ । त्यसबेला प्रतिरक्षा गर्ने राजनीतिक होइन सामाजिक मानिसहरुलाई प्रचण्डले जोगाउन या बनाउन सक्नुपर्छ ।
र अन्त्यमा,
प्रचण्ड ‘सीमा र कमजोरीरहित’ हुन् भन्न थालियो भने अतिरञ्जना हुन्छ । प्रचण्डमाथि उल्लेखित चर्चाका अतिरिक्त एक मान्छे हुन् । नेपाली समाज र संस्कार विकासको सापेक्षतामा कमजोरी हुन्छन् । यो नै सत्य हो ।
तर प्रचण्ड हारेर ‘जित्न’ सक्छन् । जितेर ‘हार्न’ सक्छन् । हार्दा र जित्दा पनि सहन सक्छन् । लोकप्रियताको शिखरमा उभिएका प्रचण्डले माथि उल्लेखित तीनवटा चुनौतिलाई सामना गरे भने भुइँबाट आएको नेपालीको छोरो ‘जननेता’ र ‘राजनेता’को दुवै पगरी गुथ्न सक्छन् ।

0 comments:
Post a Comment