सोमबारदेखि पेट्रोलियम पदार्थ वितरण हुने


काठमाडौं, असोज १० - भारतले सिमा नाकामा अघोषित नाकाबन्दी गरेपछि नेपाल आयल निगमले इन्धनको व्यवस्थापन गर्न कोटा प्रणाली लागू गर्ने भएको छ । सोमबारदेखि कोटा प्रणाली लागू गर्ने तयारी भएको निगमले जनाएको छ ।

कोटा प्रणाली अनुसार मोटरसाइकलले हप्तामा ३ लिटर, ४ पांग्रे निजी र सरकारी गाडी तथा ट्याक्सीले दिन बिराएर १० लिटर, मिनिबस तथा स्कूल बसले दिन बिराएर २० लिटर, ठूलो बसले दिन बिराएर २० लिटर र माईक्रोबसले दिन बिराएर १५ लिटर तेल पाउने निगमका महाप्रबन्धक गोविन्द खड्काले जानकारी दिनुभयो ।

निगमले आफूसँग स्टकमा भएको इन्धन सोमबारदेखि वितरण गर्ने पनि जनाएको छ । लगातार ३ दिन सार्वजनिक बिदा परेकाले निगमले स्टकमा भएको इन्धन वितरण गरेको थिएन ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment