|
साँझ बिहान फुटपाथमा पैदलयात्रीको संख्या बढेको छ । यो पैदल यात्राले राजधानीवासीको स्वास्थ्यमा त राम्रो असर पर्ला तर दुई देशबीचको सम्बन्धमा भने यसको यस्तै स्वास्थ्यकर प्रभाव रहने देखिदैन ।
साँझ ५:३० मा पुरानो बसपार्क पुग्दा, बसपार्कभरि यात्री थिए, गाडी चाहिँ एउटा माइक्रोबसमात्र देखिन्थ्यो । नयाँ बानेश्वर कोटेश्वर चल्ने यो माइक्रोबसमा मानिसहरु हानाथाप गरेर चढ्दै थिए । बसपार्कको पल्लो छेउमा केही बसहरु देखिन्थे तर ती यात्री ओसार्ने होइन, थन्क्याइएका बस थिए ।
बसपार्कदेखि भृकुटीमण्डपसम्मको सामाखुसी, बालाजु, बिशालनगर, लगनखेल जाने माइक्रोबस स्ट्यान्डमा मानिसहरुको ठूलो भीड थियो । लगातार तीन दिनको सार्वजनिक बिदा पछि काममा निस्किएका मानिसहरु अफिस समय सकिएपछि आ–आफ्ना घर जान निस्किएका थिए । तर, सदाझैं उनीहरुलाई बोकेर लैजाने बस र माइक्रोबसहरु थिएनन् ।
करिब ४० लाख जनसंख्या भएको मानिने राजधानी काठमाडौं भूकम्पको धक्काबाट तंग्रिएको धेरै भएको छैन । वर्षको पहिलो महिना महाभूकम्पको मार खेपेको सहरले दसैंको मुखमा फेरि नाकाबन्दीको धक्का बेहोरेको छ ।
|
0 comments:
Post a Comment