|
नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो कालखण्ड बिताएका महन्थ ठाकुर अहिले पनि 'अधिकार'को आन्दोलनमै छन् मधेससँग जोडिएर। लोकतन्त्र स्थापनामा लामो समय जेलनेल भोगेका यी नेता पहिलेको तुलनामा असमन्जस अवस्थाबाट गुज्रिरहेका छन्। 'जुन कुरा जनताको तहमा पुगिसकेको हुन्छ छिटो या चाँडो उपलब्धि हासिल हुनसक्छ। तर पहिलेभन्दा असमान्जस्यता बढी छ अहिले,' उनले भने।
संविधान जारी गर्दा मधेसमा भएको हिंसाले जसरी नेपालको संविधानमा रगतका छिटाहरु परे, त्यसरी नै मधेस आन्दोलनका नाममा भारतको आयात निषेधले मधेस आन्दोलनमा बदनामीका छिटाहरु पारेको छ। त्यसैले मधेस आन्दोलन कहिलेसम्म जारी रहन्छ भन्ने कटु प्रश्नको उत्तर ठाकुरसँगै पनि छैन। 'दलहरुमा विश्वसनीयता भएको भए मधेस आन्दोलनले सम्बोधन पाइसक्थ्यो,' मुलुकमा अन्यौलपूर्ण राजनीतिक अवस्थाबारे उनले भने, ' अहिले दलहरुको 'क्रेडिबिलिटी' केही छैन। उदाहरणका लागि डाक्टर केसी नै छन्। ७ पटक अनसनमा बसिसके। सरकारले गर्छु भने पनि उनका जायज माग पूरा गर्दैन। मधेस आन्दोलनमा पनि यही अवस्था हो। यो सरकारबाट के आश गर्नु?'
संविधान जारी भएपछि मधेस मुद्दाको अगुवाई गरिरहेका महन्थलाई भेट्न प्रधानमन्त्री सुशील कोइराला स्वयम पुगिसकेका छन्। तर, भेटले कुनै निष्कर्ष निकालेन। 'भेटमा उहाँले गलत गरियो भन्दै स्वीकार गर्नुहुन्छ। सम्बोधनका लागि तपाईँहरुको प्रेसर पुगेन पनि भन्नुभयो, 'महन्थले सुशीलसँगको 'वार्ता'बारे सुनाए, 'त्यसैले उहाँबाट केही हुने अपेक्षासमेत गर्न सकिन्न।'
टाइमलाइनमा मधेस आन्दोलन ५० औं दिनतिरको संघारमा छ। आन्दोलित दलका नेताहरु नेपालतिर आफैँले नाकाबन्दी गरेको दावी गरिरहेका छन्। नेपाल आयल निगम लेखेका ट्याङ्करमा भारतले उताबाट नेपाल पस्न रोक लगाएको छ। ४० दिन मधेस आन्दोलनलाई बेवास्ता गरेको सरकार काठमाडौंमा तेल आउन छाडेपछि थोरै भए पनि सक्रिय हुन खोजेको देखिन्छ। मधेस आन्दोलन नरोकिकन काठमाडौंको अवस्था सहज हुने सम्भावना पनि छैन।
कहिले सकिन्छ त मधेस आन्दोलन ?
'पछिल्ला आन्दोलनहरु छिटो अवधिमा निष्कर्षमा पुगे। अहिलेको पुस्ताले २०४६ सालको आन्दोलन देखे, २०६२/६३ को आन्दोलन देखे। मधेस आन्दोलन देखे। आन्दोलनले छिटै परिवर्तन हुँदो रहेछ भन्ने सबैमा पर्यो,' मधेस आन्दोलन लामो हुने संकेत गर्दै थिए ठाकुर।
उनले अहिलेको आन्दोलनलाई पञ्चायतकालीन अवधिमा कांग्रेसले गरेको आन्दोलनसँग तुलना गरे। भने, 'त्यतिखेर (पञ्चायतकालमा) केही थिएन। डेमोक्रेसी कहिले आउँछ? थाहा थिएन। आउँछ भन्ने विश्वास त थियो किनकि समयको प्रवाहलाई कसैले रोक्न सक्दैनथ्यो। तर अहिले के छ कि तुरुन्त परिणाम खोज्छन्। यो पुस्ताले पछिल्ला आन्दोलन हेरेर तुलना गर्दा रहेछन्।'
सरकारका मानिसहरुसँग मधेसी मोर्चाका नेताहरुको संवाद जारी छ। प्रधानमन्त्री सुशील कोइराला पनि संवादमा नै छन्। तर प्रधानमन्त्री सुशील कोइरालाको नामले उनको मुहारमा कुनै प्रतिकृया नै देखिएन। आन्दोलन सकिने आशाका संकेतहरुसमेत उनले सञ्चारित गरेनन् हामीसँगको भेटमा। 'पञ्चायतकालीन पहाडे मानसिकता छ,' सुशीलमाथिको उनको मूल्याङ्कन यतिमै टुंगियो। त्यसैले अहिलेको राजनीतिक अस्थिरता छिटै सुल्झिने अवस्था उनले देखेका छैनन्। अनि आन्दोलन नि ?
'यसको पनि निश्चितता छैन। आन्दोलन पनि चलिरहन्छ,' उनले भने।
कारण के त ?
महन्थको बुझाइमा मधेस आन्दोलन भन्दा पनि मुद्दा बनिसकेको छ। 'आन्दोलनमा धेरै समूहहरु छन्। जनताको तह नै जोडिएको छ। कुनै एक नेताको निर्देशनले यसलाई रोक्नसक्ने अवस्था छैन,' उनले सुनाए।
मधेस आन्दोलन सफल हुनेमा महन्थ जति आशावादी छन् त्यति नकारात्मक छैनन् अहिलेको संविधानप्रति। संविधान जारी भइसकेपछि यसलाई मान्ने कि त्याग्ने त ? प्रश्न जटिल भएपनि सहजरुपमा उनले उत्तर दिए, 'यसमा सबै खराब छ भन्ने होइन। जे जति समस्या समाजमा थिए र जुन आकांक्षा थियो ती सबै 'एड्रेस' भएन भन्ने हो।'
मुद्दाका सवनलमा मधेस कान्छो नै मान्छन् उनी। मधेस आन्दोलनपछिका तीन वर्षमा मधेस मुद्दाले धेरै सफलता पायो र मधेसमा विकास पनि भएको उनको ठहर छ। तर, त्यतिखेर मधेसले पाएको उपलब्धीलाई अहिले दुत्कारिएकोमा उनको गुनासो छ। मधेसवादी दलसँग मधेस आन्दोलनपछि जेजस्तो सम्झौता भएको थियो त्यसको पालन हुने हो भने आन्दोलन सकिने उनको ठोकुवा थियो। तर, संविधान जारी भइसकेको अवस्थामा मधेस आन्दोलनले स्थापित गरेको विषयलाई लागू गर्नसक्ने सम्भावना छैन। त्यसको विकल्प के त ? महन्थ भन्छन्, 'मधेसलाई संविधान संशोधनबाट सम्बोधन गर्न तयार हुने हो भने समस्या समाधान भइहाल्छ।'

0 comments:
Post a Comment