|
काठमाडौं: लिच्छविकालीन राजकुमार भृकुटी र चिनियाँ सम्राट् स्रङचङ गम्पोबीचको पहिलो भेट कस्तो थियो होला? पृथ्वीनारायण शाहले आफ्ना भारदारलाई दिव्योपदेश सुनाउँदाको परिवेश कस्तो थियो होला ? इतिहासमा यी घटनाहरूको बारेमा धेरै अध्ययन गरिन्छ। तर, त्यसबेलाको वास्तविक अवस्थाको चित्रण दृश्यरूपमा हामीले देख्न पाएका छैनौं।
ललितकलामा दक्ष कलाकारले यस्ता चित्रलाई क्यानभासमा उतार्न सक्थे। केही कलाकारले प्राचीनकालका राजामहाराजाका व्यक्ति चित्र तयार गरेका छन् तर त्यसबेलाका घटना र वातावरणलाई एकसाथ क्यानभासमा उतारिका चित्र भने कमै पाइन्छन्। कलाकार हरिप्रसाद शर्माले इतिहासका महत्वपूर्ण घटनामा आधारित रहेर चित्र बनाएका छन्।
हरिप्रसादले सिर्जना गरेका चित्रहरूको प्रदर्शनी 'काठमाडौं उपत्यकाका प्राचीन र मध्यकालीन झाँकीहरू' यतिबेला नेपाल आर्ट काउन्सिलको ग्यालरीमा चलिरहेको छ।नुवाकोट दरवारको निजी कक्ष, जहाँ पृथ्वीनारायण शाह जीवनको अन्तिम समय गुजार्दैछन्। पलंगमा बसेका पृथ्वीनारायण शाह आफूलाई नजिकबाट हेरविचार गर्ने सुरतसिं राना, छोरा बहादुर शाह, भाइ दलजित शाह र अन्य गुरु पुरोहितहरूलाई दिव्योपदेश सुनाइरहेका छन्। वरपर अरू भाइभारदार, वैद्य र सुसारे पनि छन्।
ढोकाबाट देखिने अर्को कोठामा जंगी पोसाक र त्यसभन्दाभित्रको अर्को कोठामा राजगद्दी। शिरमा पिता नरभूपाल शाह र छेउछाउमा अंशुवर्मा, जयस्थिति मल्ल र गुरु गोरखनाथको तस्बिर समेटिएको चित्रले त्यसबेलाको राजषी रहनसहनलाई सुन्दर ढंगबाट चित्रण गरेको छ।
दुई शताब्दीअघिको यो चित्र दुरुस्तै बनाउन त्यति सहज थिएन। 'यो चित्र बनाउनुअघि धेरै अध्ययन र अनुसन्धान गरेँ', हरिप्रसादले भने, 'इतिहासकारसँग सोधेँ, तर इतिहासकारहरू पनि एकजनाको कुरामा अर्का असहमत हुँदा रहेछन्।' इतिहासकार दिनेशराज पन्तसँग सोधपुछ गरेर र धेरै अध्ययन गरिसकेपछिमात्र आफूले चित्र बनाएको उनले बताए।
नेपाल चीनसम्बन्धको प्राचीन आयाम हो भृकुटी र स्रङचङ गम्पोको विवाह। लिच्छविकालीन समयमा भृकुटी र स्रङचङको पहिलो भेटलाई पनि हरिप्रसादले चित्रमा उतारेका छन्। स्रङचङको आदेशमा भृकुटीलाई चीन लिएर गएका मन्त्री तारगोचनले भृकुटीलाई परिचय गराउँदै गरेको अवस्था चित्रमा छ।
झकिझकाउ दरबारमा तत्कालीन चिनियाँ राजपरिवार, भृकुटी, साथमा गएका भिक्षु, हिमालको पृष्ठभूमि, बुद्धमूर्तिलगायतको दृश्य आकर्षक छ। भृकुटीलाई भारतीय लाग्ने किसिमको सारीमा चित्रमा देखाइएको छ। 'लिच्छविहरू भारतको वैशालीबाट आएका हुनाले केही भारतीय प्रभाव थियो होला', उनले भने, 'यी चित्रहरूमा यथार्थसँगै केही काल्पनिकताको मिश्रण छ।'
यो चित्र बनाउन पनि उनले धेरै अनुसन्धान गरे। निरञ्जन भट्टराईले लेखेको 'नेपाल-चीन सम्बन्ध' पुस्तकमा धेरै जानकारी भेटेपछि यो चित्र बनाउन सकिएको उनले बताए। यसपछि तिब्बतको पोताला दरबारमा रहेको प्रतिमालाई आधार बनाएर चित्र बनाइएको उनले बताए।
तलेजु भवानीसँग पासा खेल्ने राजा जयप्रकाश मल्ल हुन् भनेर सामान्य ज्ञान र इतिहासका किताबमा पढिन्छ । मानवरूप धारण गरेर राजा मल्लसँग पासा खेल्न आउने क्रममा राजाले कुदृष्टि राखेपछि तलेजु भवानी आउन छाडिन्।
अघिल्ला पुस्ताका कलाकारले पनि त्यस्ता चित्र बनाएका रहेनछन्,पछिल्लो पुस्ताका कलाकारले पनि त्यस्ता चित्र बनाउने सम्भावना कमै छ।
राजाले क्षमापूजा गरेपछि तलेजु भवानीले काठमाडौंको शाक्य थरकी ३२ लक्षणले युक्त रजस्वला नभएकी बालिकाको रूपमा आफू आउने बताएपछि कुमारी पूजाको प्रचलन सुरु भएको मानिन्छ। यसै प्रचलनको पृष्ठभूमिमा आधारित तलेजु भवानी र जयप्रकाश मल्लले पासा खेलेको आकर्षक र ऐतिहासिक महत्वको चित्र पनि प्रदर्शनीमा छ।
अरनिकोलाई चिन पठाउँदा बिदाइ गरिएको समय, प्रताप मल्लले स्वयम्भूमा बज्र चढाएको, पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गरेको, विजयपछि सिंहासनबाट ओर्लिएर घुँडा टेकेर मल्ल राजाले मानेकी देवी कुमारीको हातबाट टीका लगाएको क्षणदेखि कोतपर्व र जंगबहादुरको बेलायत यात्राको एक घटनालगायतका ऐतिहासिक सन्दर्भ प्रदर्शनीमा राखिएका चित्रमा समेटिएका छन्।
प्रदर्शनीमा राखिएका ५१ वटा चित्रमध्ये आधाजसोमा लिच्छविकालदेखि राणाकालसम्मका ऐतिहासिक महत्वका प्रतिनिधिमूलक घटनालाई चित्रण गरिएको छ । क्यानभासमा तेलरङ प्रयोग गरेर बनाइएका यी चित्र काल्पनिकभन्दा यथार्थपरक नै बढी लाग्छन्।यस्तै आधाजसो चित्र राणाकालमा काठमाडौं उपत्यकाका दैनिक जनजीवनलाई समेटेर बनाइएका छन्।
काठमाडौंको त्यसबेलाको ल्यान्डस्केप र स्थानीय बासिन्दाको दैनिक जीवन र शैली चित्रका विषय बनेका छन्।टेकुमा बागमती नदीको वरपर केही वर्षअघि डम्पिङ साइटका रूपमा रहेको थियो। अहिले पनि त्यहाँ फोहोरको थुप्रामाथि गिद्ध र चील उडिरहेका भेटिन्छन्।
उनले बनाएको टेकुदोभानको एउटा चित्र हेर्दा लाग्छ त्यो ठाउँ यति सुन्दर कुनै बेला थियो होला र ? भानुभक्तले देखेका कान्तिपुरी नगरीका ‘चपला अबला’ ले शिरमा गुनकेशरीको फूल लगाएर हिँडेको दृश्य, तमाखु खाँदै गरेका वृद्ध, झारफुक गर्ने गुभाजु, खर्पन बोकेका किसान, साढेजुधाइजस्ता चित्रमा राणाकालीन काठमाडौंको सर्वसाधारणका रहनसहन छन्।
जैशीदेवल, चराको हेराइमा काठमाडौं उपत्यकाजस्ता चित्र क्यामेराले खिचिएका तस्बिरभन्दा यथार्थपरक छन्।नेवार समुदायको घनाबस्ती रहेको लगनटोलमा ७९ वर्षअघि जन्मिएका हरिप्रसादका चित्रमा नेवार समुदायको जीवनशैलीले प्रभाव पारेको देखिन्छ।
सानैदेखि चित्रकलामा रुचि राख्ने हरिप्रसादलाई उनका बाबुले ११ वर्षको उमेरमा त्रिकार जीवरत्न शाक्यसँग चित्रकला सिक्न लगाएका थिए । उनले त्यसपछि जुद्धकला पाठशालामा औपचारिक तथा स्वअध्ययनबाट चित्रकलाको ज्ञान हासिल गरेका थिए । अहिले प्रदर्शनीमा राखिएका चित्र पछिल्लो २० वर्षको अवधिमा सिर्जना गरिएका हुन्।
नेपालको राजनीतिक इतिहासको दृश्य सामग्री उपलब्ध छैनन्। पाटन क्याम्पसमा अर्थशास्त्र प्राध्यापन गर्ने छोरा विष्णुप्रसाद शर्माले आफ्ना बाबुमा इतिहासलाई दृश्यमा उतार्ने क्षमता देखेपछि चित्र बनाउन प्रोत्साहित गरे। 'अघिल्ला पुस्ताका कलाकारले पनि त्यस्ता चित्र बनाएका रहेनछन्’, विष्णुप्रसादले भने, ‘पछिल्लो पुस्ताका कलाकारले पनि त्यस्ता चित्र बनाउने सम्भावना कमै छ।'
त्यसैले आफूले पितालाई चित्र बनाउन प्रोत्साहित गरेको उनले बताए। कलाकार हरिप्रसाद पनि आफूले अध्ययन र अनुसन्धान गरेर यस्ता चित्र बनाउनुको श्रेय छोरालाई नै दिन चाहन्छन्।प्रदर्शनीमा राखिएका चित्रको रङसंयोजन, प्रकाश र छायाको सन्तुलन, चित्रभित्रका पात्रहरूको सामूहिक उपस्थिति, वास्तुकला, पहिरन आकर्षक छन्।
यी चित्रको पोस्टर बनाएर बिक्रीमा पनि राखिएको छ। 'घर सजाउन विदेशी पोस्टर प्रयोग गर्ने चलन छ', विष्णुप्रसादले भने, 'हाम्रै देशका ऐतिहासिक घटना र जीवनशैली पनि सुन्दर छन्। तिनकै चित्रले पनि हाम्रा घर सजाउन सक्छौं।' नेपाल सम्पदा संघको आयोजनामा सञ्चालित प्रदर्शनी २० गतेसम्म चल्नेछ।
कीर्तन अधिकारी | २०७२ आस्विन १६ शनिबार...

0 comments:
Post a Comment