![]() |
मुस्ताङ, टुकुचे–१ का इन्द्रबहादुर तुलाचनले आफ्नो बगैंचाबाट १८ लाख रुपैयाँको स्याउ बेचेका छन्। आफैंले टिपेर स्याउ बजारमा पुर्याुउन कठिन भएपछि उनले बोटबाटै बिक्री गरेका हुन्।
मुस्ताङको करिब ७० प्रतिशत स्याउ बगैंचाबाटै बिक्री भएको जिल्ला कृषि विकास कार्यालय, मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले बताए। अधिकारीले भने, 'बोटमा फलेको स्याउ ठेक्का लिनेले टिपेर लैजान थालेका छन्।' तुलाचन मात्र होइन टुकुचे—१ कै पथबहादुर थकालीले १३ लाख रुपैयाँमा बगैंचा नै ठेक्का दिएका छन्। 'आफ्नो घरायसी प्रयोजनबाहेक सबै स्याउ एकमुष्ठ बेचें,' थकालीले भने, 'व्यापारी घर—घर आएर स्याउ खरिद गरे।' बोटबाटै स्याउ बेचेर पैसा बुझ्न पाउँदा किसान पनि खुसी छन्। टुकुचे गाउँका किसानले स्याउ बिक्रीबाट न्यूनतम १८ लाखदेखि ५० लाख रुपैयाँ आम्दानी गरेकेा उनले बताए।
मुस्ताङको मार्फा, कोवाङ, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङलगायत गाविस पुगेर व्यापारीले बोटकै स्याउ किनेका हुन्। मुस्ताङसहित धादिङ, पोखरा, म्याग्दी, बागलुङ, पर्वत, नारायणगढका व्यापारी किसानका बगैंचामै पुगी स्याउ खरिद गरेको जिल्ला कृषि कार्यालय, मुस्ताङले जनाएको छ।
करिब १ सय १० किसानले अन्दाजी ३ करोड रुपैयाँका स्याउ बोटबाटै बिक्री गरेको थकालीले बताए। टुकुचेकै सुवास थकाली, गोपाल पुन, हरि थापा मिलेर टुकुचेका १ सय १० किसानले उत्पादन गरेका स्याउ बोटमै खरिद गरी बजार पठाउन थालेका छन्।
स्याउ पाकेर बिक्रीका लागि उपयुक्त भएपछि किसानले बेच्न सुरु गरेका हुन्। जोमसोम गाविसको धुम्बा गाउँका किसान कर्मा गुरुङको समूहले बगैंचाबाटै करिब ६५ लाख रुपैयाँको स्याउ बोटमै बिक्री गरेका छन्। 'टिपेर, गे्रडिङ गरेर बजार पठाउन कठिन भएकाले बोटै ठेक्का दिएका छौं,' गुरुङले भने, 'बगैंचाबाटै बेचेर रकम बुझ्यौँ।'
मुस्ताङमा यस वर्ष वैशाख दोस्रो साताको असिना सहितको हिमपातका कारण उत्पादन केही घटे पनि पोहोरभन्दा क्षेत्रफल बढेकोले विगत वर्षकै जति स्याउ फलेको छ। 'गत वर्ष ३ सय ३० हेक्टरमा स्याउ फलेकोमा यस वर्ष ३ सय ३५ हेक्टरमा स्याउ फलेको छ,' अधिकारीले भने।
मुस्ताङमा गत वर्ष ५ हजार मेटि्रक टन स्याउ फलेको थियो। मुस्ताङमा उत्पादन भएको करिब ८० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुने गरेको छ। २० प्रतिशत व्यक्तिगत प्रयोग र मुस्ताङका बजारमा बिक्री हुने गरेको छ।
मुस्ताङीले गत वर्ष करिब ५ हजार मेटि्रक टन स्याउ बेचेर ४० करोड रुपैयाँ कमाएका थिए। उनीहरूले गत वर्ष ७० रुपैयाँ किलो स्याउ बेचेका थिए भने अहिले ८० रुपैयाँ किलो बेचेको कृषि कार्यालयले जनाएको छ।
मुस्ताङको स्याउ स्वादिलो हुने भएकाले बजारमा उच्च माग छ। मुस्ताङी व्यक्तिगत र सामूहिक रुपमा स्याउ खेती गर्छन्। मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस र रिचा रेडलगायत जातका स्याउ उत्पादन हुन्छ।
कार्टुनमा अनुदान
स्याउको सहज बिक्रीका लागि कृषि कार्यालयले ६० हजार कार्टुनमा अनुदान दिएको छ। डोकाबाट ढुवानी गर्दा चोट लागी गुणस्तर खस्कने भएकाले प्याकिङ गरी बजार पठाउन कार्यालयले कार्टुनमा अनुदान दिएको हो। '१ सय १५ रुपैयाँ पर्ने कार्टुन ८६ रुपैयाँमा उपलब्ध गरायौं,' अधिकारीले भने।
स्याउ खेतीमा किसान आकर्षित गर्न कार्यालयले बिरुवा, प्याकिङ, ढुवानीमा अनुदान दिने गरेको छ। सरकारले स्याउको बिरुवा रोपेबापत् तीन वर्षसम्म प्रति बोट १ सय रुपैयाँ अनुदान दिने भएकाले पनि स्याउ खेती तीव्र विस्तार भएको छ। बिरुवा खरिदमा पनि करिब ५० प्रतिशत अनुदान दिने गरेको छ। मुस्ताङीले व्यावसायिक स्याउ खेती गर्न वर्षेनी थप बिरुवा रोप्दै आएका छन्।

0 comments:
Post a Comment