|
भनिन्छ, आफ्ना छोराछोरी राम्रा र सज्जन भए छिमेकीले पनि सुुख पाउँछन् । जस्तोसुकै समाजमा पनि छिमेकीको प्रभाव दिनानुदिनको घरव्यवहारमा पर्दछ, खासगरी गाउँ र बस्तीहरूमा ।
यो खालको प्रभाव सहरीकरण भइसकेका बस्तीहरूमा कमै पर्ला । छिमेकीका सन्तान बदमास भएर आफ्नै घरमा आगो लगाए पनि घर जलेर नष्ट हुने डरबाट हामी भयमुक्त हुन सक्दैनौँ किनकि हाम्रो घर पनि जल्ने त्रास रहन्छ । अझ छिमेकीसँग साँध र सीमा जोडिएको छ र व्यवस्थित छैन भने त्रास अझ बढ्छ । यो त्रासको अवस्थामा पनि असल छिमेकीले अर्को छिमेकीका सन्तान सुधार्न सहयोग र सल्लाह प्रदान गर्दछ, उसको घरमा आगो लागिहाल्यो भने पनि निभाउन सहयोग गर्दछ । तर छिमेकी बदमास रहेछ भने छिमेकीका बदमास सन्तानको कमजोरीबाट नाजायज फाइदा उठाउँछ र आगो लगाउन प्रेरित गर्छ, उसलाई थाहा छ त्यो छिमेकीमा लागेको आगोले आफ्नै घर पनि खरानी हुनेवाला छ । उसलाई थाहा हुदैन छिमेकीभन्दा आफ्नो घर महँगो छ र बढी क्षति हुन सक्छ भनेर।
अहिलेको नेपाल र भारत सम्बन्धका बारेमा भारत र नेपालका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने समाचार हेर्दा माथिको भनाइ चरितार्थ भएको आभास भयो । मूलतः यसमा नेपालको नयाँ संविधानका सन्दर्भमा भारतका जिम्मेवार निकायबाट देखाइएका अपरिपक्क कूटनीति जिम्मेवार छन् ।
नेपालले पनि कूटनीतिक कौशलता देखाउन सकेन होला । त्यति ठूलो भारतबाट यस्तो व्यवहार होला भन्ने कुनै पनि नेपालीले सोचेको पनि थिएन । यो सत्य हो कि भारतले नेपाललाई विशेष हितैसी मित्र सम्झन्छ, त्यसैले नेपालसँग उसले धेरै अपेक्षा गर्न सक्ने हक छ, तर यसो गर्दा पनि उसले नेपालीको स्वाभिमान र सार्वभौमसत्ता सम्पन्न नेपालको गरिर्मा ख्याल गर्न सक्नुपर्दथ्यो । यो मामलामा भारतको कूटनीति असफल भएकै हो । यसले नेपालीलाई सोच्न विवश बनाएको छ ।
हामीले दीर्घकालमा भारतसँगको परनिर्भरता घटाउनैपर्छ । यसको अर्थ अर्को छिमेकी राष्ट्र चीनसँगको परनिर्भरता बढाऔँ भन्ने होइन । मनग्ये आर्थिक विकास नहुन्जेल हामीले खोजेको स्वाभिमान आर्जन हुनै सक्दैन । यो उदाहरण त हामी जस्तै भूपरिवेष्ठित अफ्रिकी राष्ट्र लेसोथोबाट लिन सक्छौँ । लेसोथो अझ एक मात्र ठूलो छिमेकी राष्ट्र दक्षिण अफ्रिकाबाट मात्र भूपरिवेष्ठित हो, तर पनि ऊ स्वतन्त्र छ र आर्थिक विकासको गतिमा छ, उनीहरूको स्वाभिमान कुनै छिमेकी राष्ट्रको स्वाभिमानभन्दा कम छैन।
यो पुँजीवादी युग हो । व्यक्ति वा राष्ट्र उसको स्वाभिमान आर्थिक हैसियतमा आधारित रहन्छ । भारतसँगको व्यापारमा परनिर्भरताका कारण हामीले राजनीतिक रूपमा दबिएर बस्नुपर्ने अवस्था अबका दिनमा रहिरहनु हुदैन । भारत स्वयं पनि असल छिमेकी राष्ट्र हो भने उसले नेपालको प्रगतिमा रमाउनुपथ्र्यो । दुखका साथ भन्नुपर्छ– अहिलेका व्यवहारले त्यस्तो देखाइरहेका छैन ।
संविधान र खासगरी संघीयताका विषयमा रहेको असन्तुष्टिका कारण मधेस एक महिनाभन्दा लामो समयदेखि आन्दोलनरत छ । त्यसकै नाममा समाजको एक हिस्सालाई अराजक बनाउन खोजिँदै छ । आजको तराई २० वर्षअगाडिको तराई अवश्य होइन, तराई वास्तवमा मधेसी र थारूहरूको मात्र होइन भन्ने त्यहाँको जनसंख्याबाट स्पष्ट हुन्छ । अन्य विभिन्न पूर्वाधारका तथ्यांकले पनि हिमाल र पहाडभन्दा तराई नै विकसित छ ।
यसो हुदा पनि जनसंख्याको ठूलो चाप रहेका कारण तराई हाम्रो विकासको प्राथमिकता हो भन्ने राज्यले स्विकारेको छ । यसर्थ आन्दोलनकारी राष्ट्रवादी शक्तिले पनि बुझ्नुपर्ने के हो भने उनीहरूको आन्दोलनले कतै राष्ट्रघाती शक्तिहरूलाई बल त पुगेको छैन ? आन्दोलनका कारण देशको राष्ट्रियता कमजोर त बनिरहेको छैन ? फेरि मधेसकेन्द्रित दलका नेता आफूलाई आदिवासी भएको दाबी गर्छन् । आदिवासी भएको दाबी गर्नेले नागरिकता त्याग गर्ने धम्की दिन सुहाउँछ ? के यसो गर्नेहरू सच्चा नेपाली हुन सक्छन् ?
भौगोलिक रूपमा नेपाल सानो छ, त्यसैले पनि भूमिको सीमाका सन्दर्भमा नेपाल दुई छिमेकीभन्दा बढी संवेदनशील पनि छ। उत्तरभन्दा दक्षिणतर्फको छिमेकीबाट ऐन मौकामा समस्या देखिएका छन् । सांस्कृतिक, भाषा, धर्मका हिसाबले बढी मिल्ने भए पनि नेपाली युवामा भारतप्रतिको सद्भाव र विश्वास घट्दै गएको छ । यसले हामीलाई पनि चिन्तित तुल्याएको छ । त्यसैले नेपालका छिमेकीहरूले होइन कि नेपाल स्वयंले आफ्ना दुवै छिमेकीसँग जोडिएका सीमा यही अवस्थामा छोडिरहनु हुदैन, जति सक्यो व्यवस्था गरी सुरक्षित बनाउनुपर्छ । यसो गर्दा धेरै समस्या स्वतः समाधान हुन्छन् ।
भारतले नेपालको खुला सिमानाका कारण समस्या परेको बताउँदै आएको छ । नेपाल र भारतका नागरिकको जनस्तरमै भएको सम्बन्धका कारण पनि दुवै देशका केही परिवार दुवै देशलाई आफ्नो देश सम्झन्छन् । नाता, कुटुम्ब र सम्बन्धका कारणले यो अस्वाभाविक होइन, यो हाम्रो सम्बन्धको सेतु पनि हो । तर यसलाई दुरुपयोग गरेर आपराधिक कार्य हुने अनि नेपाल र भारतका छिमेकी बस्तीहरूमा सुरक्षाको चिन्ता थपिएको छ ।
यस्ता अपराधका मात्रा दिनप्रतिदिन बढेका छन् । दुवै देशका निर्वाचनका समयमा, हाललाई भारतको निर्वाचन र विभिन्न बहानामा हुने आपराधिक कार्य नियन्त्रण गर्न पनि दुवै देशका सरोकारका विषय बनेका छन् । स्वाभाविक छ, एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रका हिसाबले हामीले भारत र चीन दुवैको सुरक्षा संवेदनशीलतालाई पनि गम्भीर भएर बुझ्नुपर्छ ।
नेपाल र भारतका सीमा क्षेत्रमा मानिस दुवै देशका नागरिकता र रासन कार्ड लिएर बसेका छन् । उनीहरू जता अवसर पाइन्छ त्यतैको नागरिकता देखाउने र राजनीतिक अधिकारका लागि लड्ने गरेको तथ्य लुकेको छैन । यसको केही असर भारतलाई पनि परेको होला, तर बढी असर नेपाललाई परेको छ । यही अवस्था कायम रहने हो भने हाम्रो अस्तित्व खतरामा पर्न सक्छ । त्यसैले पनि नेपालले सीमा व्यवस्थित गर्नैपर्छ।
नेपालकै कतिपय पार्टीले पनि खुला सीमाका कारण नाजायज डर, धम्की र त्रासको वातावरण सिर्जना गरेका छन् । भारतका राजनीतिक निकायबाट नेपालको स्वार्थमा वकालत गर्ने र नेपालका राजनीतिक निकायबाट भारतीय स्वार्थको वकालत गराउने कार्य राम्रो होइन । दुवै देश सार्वभौमसत्ता सम्पन्न भएकाले आफ्नो देशको हितमा वकालत गर्ने काम त्यही देशका राजनीतिक निकायकै हो, असल छिमेकीको हिसाबले सद्भाव राख्नेभन्दा बढी केही गर्न खोज्नु दुवै देशलाई स्वीकार्य हुनै सक्दैन । अझ एउटा समुदाय वा जातविशेष वा क्षेत्रविशेषलाई प्राथमिकता दिएर कुरा उठाउनु अस्वीकार्य कुरा हो । सीमा व्यवस्थित गर्दा यी समस्या स्वतः कम हुनेछन्।
भूपरिवेष्ठित राष्ट्रका हिसाबले पाउने अधिकारबाट नेपाल बञ्चित हुनु हुँदैन भन्ने दुवै छिमेकी र विशेषगरी भारतले बुझ्नुपर्छ । नेपालको पारवहनका सम्बन्धमा विश्व समुदायले गर्ने आशा पनि यही हो । यस बहानामा नेपालले सधैँ खुला सीमाको अपेक्षा गर्नु आवश्यक छैन । भारत र तेस्रो मुलुकसँग गर्ने व्यापारका लागि आवश्यक पर्ने व्यापारिक नाकाबाहेक अरूलाई बन्द गरेरै व्यवस्थित गर्न आवश्यक छ ।
धेरै नाका प्रयोग गरेर व्यापार बढी हुने भए हाम्रो व्यापार अहिल्यै धेरै माथि जानुपर्ने हो, तर त्यसो हुन सकेको छैन । यसरी सीमा व्यवस्थित गर्न सकियो भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्नेछ र व्यापारमा हाल देखिएका तस्करी र अवैध व्यापार जस्ता समस्या नियन्त्रण गर्न नेपाल र भारत दुवैलाई सजिलो हुनेछ ।
भारतले कहिले सुस्तामा, कहिले कालापानी र लिपुलेकमा अतिक्रमण गर्ने काम गरिरहेको छ । यसले थुप्रै युवामा भारत मिचाहा रहेछ भन्ने छाप पर्दै गइरहेको छ । जुन हाम्रो भावी सम्बन्धका लागि हानिकारक हुनेछ । फलानो जंगे पिलर सारियो वा हटाइयो भन्ने समाचार आइरहन्छन् । त्यस्तै प्राकृतिक साधनलाई प्रयोग गर्ने सबालमा पनि यस्ता समस्या देखिएका छन् । सीमा व्यवस्थित गर्दा यी समस्या पनि स्वतः कम हुदै जानेछन् भन्ने विश्वास गर्ने प्रशस्त आधार छन् ।
मानव व्यापार तथा बेचबिखन, अवैध तरिकाले गरिने वस्तु र सामानको निकासी वा पैठारी, स्थानीय स्तरमा देखिने अनावश्यक विवाद सीमा व्यवस्थित गर्न सकियो भने निकै हदसम्म कम गर्न सकिन्छ।
हाइलाइट
सीमा व्यवस्थित गर्न सकियो भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्नेछ र व्यापारमा हाल देखिएका तस्करी र अवैध व्यापार जस्ता समस्या नियन्त्रण गर्न नेपाल र भारत दुवैलाई सजिलो हुनेछ ।
See more at: annapurnapost डा. रमेश पौडेल |

0 comments:
Post a Comment