तीन दल भन्छन्–नाकाबन्दी हटाउ, मोर्चा भन्छ–सीमांकन सच्याउ

तीन दल भन्छन्–नाकाबन्दी हटाउ, मोर्चा भन्छ–सीमांकन सच्याउ
काठमाडौं, असोज १५ – मुख्य तीन दल र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भएपनि कुरा मिलिसकेको छैन । बिहीबार भएको वार्तामा तीन दलले तराईमा भैरहेको बन्द, हडताल र नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।

तर अझै विश्वासको वातावरण नबनेको मन्दै मोर्चाले बिरोधका कार्यक्रम यथावत रहने जनाएको छ । मोर्चाले उठाएको मागमध्ये समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन प्रणाली र नागरिकतबारेको विषय सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । तर मोर्चाले संघीय प्रदेशको सीमांकन सच्याउन गरेको प्रस्तावमा सहमति जुट्न सकेको छैन । सरकार र तीनदलको पटक पटकको आग्रहपछि मधेसी मोर्चा र तीन दलको वार्ता टोलीबीच आपचारिक वार्ता सुरु भएको हो । तीन दलको वार्ता टोलीले तराई मधेस लोकतान्त्रिक मोर्चाका अध्यक्ष महन्थ ठाकुरसँग तमलोपाकै पार्टी कार्यालयमा पुगेर दुई घण्टा भएको छलफल सकारात्मक भएको बताएको छ । मोर्चाले वार्ताका लागि तमलोपा अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिएको हो ।
मोर्चाले सीमांकन परिमार्जन, नागरिकता, समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, जनसंख्याको आधारमा चुनाव क्षेत्र निर्धारण जस्ता विषयमा बिहीबार गम्भीर छलफल भएको वनमन्त्री तथा वार्ता टोलीका सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।
तीन दलले मधेसी मोर्चाका माग संबोधन गर्न संविधानमा संशोधन गर्ने तयारी पनि गरिरहेका छन् । सरकारले पनि मधेसकेन्द्रित राजनीतिक दललाई वार्ताको वातावरण बनाउन उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ  ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आन्दोलनरत पक्षको मागअनुसार सुरक्षाकर्मीलाई सामान्य जिम्मेवारीमा फर्काउन सकिने तथा गम्भीर अपराधमा संलग्न भएकाबाहेकको मुद्दा फिर्ता लिन र पक्राउ परेकाहरूलाई रिहा गर्न सकिने बताउँदै त्यसका लागि आन्दोलनरत दलले बन्दहडताल र सीमा नाकामा अवरोध तत्काल रोक्नुपर्नेमा जोड दिएको छ  ।
मुलुक र नागरिकको जीवन सामान्य भएको अवस्थामा मात्रै आन्दोलनमा उत्रेका दलका माग पूरा हुन सक्ने ठहर बैठकले गरेको छ  । राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर जनजीवन सामान्य बनाउनेतर्फ लाग्न आन्दोलनमा लागेका दललाई बैठकले आग्रह गरेको छ  ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment