|
आश्विन १४, २०७२- आज बिहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले मधेशी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेअनुसार तीन दलीय वार्ता टोलीले तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग वार्ता थालेको छ । तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा वार्ता सुरु भएको हो ।
आज बिहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले मधेशी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेको छ । हिजो रौतहटमा आन्दोलनरत मधेशी मोर्चाको बैठक सकेर काठमाडौं फर्किएका तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्ने तयारी भएको छ ।
भोलि शुक्रबारदेखि संसद् बैठक बोलाइएको छ भने आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सरकारले वार्ताका लागि ठोस प्रस्ताव नल्याएको मोर्चाले बताउँदै आएको छ । आजको बैठकमा तीन दलको वार्ता टोलीले समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सीमांकनका विषयमा समेत केही ठोस प्रस्ताव लैजाने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले भोलिको संसद् बैठकमा राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्ने तयारी गरिरहेको उनी निकट मन्त्रीले बताएका छन् । यसकारण पनि आज हुने वार्तालाई महत्वपूर्ण मानिएको छ ।
..........................
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एमाओवादीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नाकाबन्दी खुलाउने र मधेसी मोर्चासँग वार्ता गर्ने विषयमा छलफल भइरहेको छ ।
बैठकले आन्दोलनरत केन्द्रित दलहरुसँग वार्ता गर्न सरकारी धारणा तय गर्ने पनि छलफल भइरहेको बुझिएको छ ।
यसपछि आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

0 comments:
Post a Comment